• २८ माघ २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्ती समाज दक्षिण कोरियाले भेटघाट कार्यक्रम गर्ने




चन्द्रप्रकाश नेपाली
सुवन, दक्षिण कोरिया

राप्ती समाज दक्षिण कोरियाले आगामी नोभेम्बर ३० आइतबार भेटघाट तथा प्रमाण–पत्र हस्तान्तरण कार्यक्रम आयोजना गर्ने भएको छ। “हामी जहाँ भए पनि हाम्रो एउटा विशेषता — विशुद्ध सामाजिक कार्यका लागि राप्ती समाजको एकता” भन्ने मूल नारासहित सन् २००६ मा स्थापना भएको संस्थाले कोरियामा रहेका नेपाली दाजुभाइ–दिदीबहिनीका हक–हितका लागि विभिन्न सामाजिक तथा आपतकालीन सहयोग गर्दै आएको छ।

अध्यक्ष किसन ओलीका अनुसार कोरियाका विभिन्न स्थानमा बसोबास गर्दै आएका राप्तीबासीबीच आपसी परिचय, सम्बन्ध विस्तार र सामाजिक एकता मजबुत गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई प्रमाण–पत्र हस्तान्तरणसमेत गरिने अध्यक्ष ओलीले जानकारी दिनुभयो।

कार्यक्रम नोभेम्बर ३० आइतबार बिहान ११:३० बजे सुवनस्थित ‘भेटघाट रेस्टुरेन्ट’ को सभाहलमा हुनेछ। सुवन मेट्रो स्टेशनको १० नम्बर गेट नजिकै रहेको उक्त स्थलमा सबै राप्तीबासी, विभिन्न पेशा–व्यवसायमा आवद्ध नेपाली तथा शुभचिन्तकहरूको उपस्थितिका लागि समाजले हार्दिक आह्वान गरेको छ।

Facebook Comments