• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
लमहीबाट पनि धान खरिद सुरु




दाङ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपर शाखाले लमही नगरपालिकाबाट पनि धान खरिद सुरु गरेको छ । कम्पनीले गढवा गाउँपालिकाका कृषकहरुको धान कात्तिक २३ गतेदेखि २८ गतेसम्म खरिद गरेसकेपछि आइबारदेखि लमही नगरपालिकाका किसाहरुको धान खरिद गर्न सुरुगरेको हो ।जिल्लामा पाँच हजार क्विइन्टल धान खरिद गर्ने कोटाअनुसार गढवा गाउँपालिकाका किसानहरुबाट दुई हजार क्विइन्टल धान खरिद गरिसेको शाखाका सूचना अधिकारी शक्तिराम डाँगीले बताउनुभयो । उहाँले जिल्ला प्राथमिक खरिद समितिले गरेको निर्णय अनुसार पालिकाको खरिद उपकेन्द्रबाट धान खरिद कार्यलाई अगाडि बढाएको जानकारी दिनुभयो । कात्तिक २३ गतेदेखि २८ गतेसम्म गढवा गाउँपालिकाको खरिद उपकेन्द्रबाट शाखाले ८० जना किसानहरुको ६९ लाख २७ हजार छसय बिस रुपैयाँ मूल्यको दुई हजार क्विइन्टल धान खरिद गरेको डाँगीले बताउनुभयो ।

लमही नगरपालिकाको खरिद उपकेन्द्रबाट आइतबारदेखि धान खरिद सुरु गरिएको उहाँले बताउनुभयो । लमहीका किसानहरुबाट एक हजार पाँच क्विइन्टल धान खरिद गरिने र एउटा किसानबाट अधिकतम १५ क्विइन्टल धान खरिद गरिनेछ, उहाँले भन्नुभयो । लमहीमा करिब तीन दिनभित्र धान खरिद गरिसक्ने उहाँको अनुमान रहेछ ।

सूचना अधिकारी डाँगीले लमहीमा धान खरिदको कार्य सकिए लगत्तै राप्ती गाउँपालिकाको खरिद उपकेन्द्रबाट धान खरिद सुरु गरिने बताउनुभयो । राप्तीमा पनि एक हजार पाँच सय क्विइन्टल धान खरिद गरिने र एकजना कृषकबाट अधिकतम १५ क्विइन्टल धान खरिद गरिने उहाँले बताउनुभयो ।

जिल्ला प्राथमिक खरिद समितिले गरेको निर्णय अनुसार एक जना कृषकबाट अधिकतम ४० क्विइन्ट धान खरिद गर्ने भएको भएतापनि सबै किसानहरुलाई समेट्ने गरी अधिकतम १५ क्विइन्टल धान खरिद कार्यलाई अगाडि बढाइएको उहाँको भनाइ थियो । तर, गढवामा भने कतिपय किसानहरुबाट ४० क्विइन्टल धाननै खरिद भएको जानकारी दिँदै उहाँले लमही र राप्तीका किसानहरुबाट भने अधिकतम १५ क्विइन्टल धान खरिद गरिने उहाँले बताउनुभयो ।

सरकारले निर्धारण गरेको गरेको धानको मूल्य तीन हजार चार सय ६३ रुपैयाँ ८१ पैसामा धान बिक्री हुँदा भने किसानहरु खुशी भएका छन् । लिमिटेडको देशभर १३ वटा खरिद केन्द्र धान खरिद केन्द्र रहेको र त्यसमा तुलसीपुर शाखा पनि भएको हुँदा तुलसीपुर कार्यालयले स्थानीय तहसँगको समन्वय र सहकार्य अनुसार खरिद उपकेन्द्रबाट धान खरिद हुने गरेको डाँगीले बताउनुभयो ।

गतवर्ष शाखा कार्यालयले आठ हजार धान खरिदको कोटा पाएको र लक्ष्य अनुसार धान खरिद हुन नसक्दा यस वर्ष धानको कोटा घटेको हुनसक्ने उहाँले बताउनुभयो । कार्यालयले पाएको कोटा आठ हजारमध्ये जिल्लाका राजपुर र गढवा गाउँपालिकाका किसानहरुबाट एक हजार छसय ३२ पोइन्ट १४ क्विइन्टल धान खरिद भएको थियो । खरिद उपकेन्द्रमा धान नआउँदा खरिद हुन नसकेको र यो वर्ष भने खरिद उपकेन्द्रमा पर्याप्त धान आएको उहाँले बताउनुभयो ।

यो वर्ष जिल्लामा धान प्रशस्त रहेको तर, कार्यालयमा कोटा कम भएको हुँदा चाहेको जति धान खरिद गर्न नसेको सूचना अधिकारी डाँगीले बताउनुभयो । खुला बजारीकरण भएको कारण गतवर्ष कोटा अनुसार धान खरिद गर्न नसक्दा योवर्ष धानको कोटा घटेर आएको उहाँले बताउनुभयो ।

किसानहरुबाट खरिद भएको धानको भुक्तानी भने कार्यालयले विद्युतीय माध्यमबाट गर्ने भएको छ । शाखाले पाएको पाँच हजार कोटा अनुसार जिल्लाका तीन स्थानीय तह गढवा गाउँपालिका, लमही नगरपालिका र राप्ती गाउँपालिकाको सम्झौता अनुसार किसाहरुबाट धान खरिद कार्य सुरु गरेको थियो ।

Facebook Comments