• ३० फाल्गुन २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्तीमा गाउँपालिकास्तरीय  १६ औं राष्ट्रपति रनिङ शिल्ड सुरु




तुल बहादुर कवँर मगर
मसुरीया  । दाङको राप्ती गाउँपालिका वडा नं. ४ माैरीघाटमा शुक्रबारदेखि राप्ती गाउँपालिकास्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।

श्री माध्यमिक विद्यालय माैरीघाटको आयोजना तथा राप्ती गाउँपालिकाकाे सहयोगमा प्रतियोगिता सुरु भएको हो ।

राप्ती गाउँपालिकाका अध्यक्ष तथा प्रतियोगिताको व्यवस्थापन तथा निर्देशक समितिका संयाेजक प्रकाश विष्टको अध्यक्षता सुरु भएको खेलकुद प्रतियोगिताकाे उद्घाटन लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुले गर्नुभएको हाे।

उद्घाटन समारोहमा सांसद थारुले खेलकुद मानिसलाई स्वस्थ, अनुशासित बनाउनका साथै सामाजिक एकता तथा शारीरिक तन्दुरुस्तीका लागि आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले खेलले मानव जातिको शारीरिक विकासमा पनि योगदान पुग्ने बताउनुभयो।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले प्रतियोगिताले स्थानीय स्तरबाटै खेलाडी उत्पादन गर्न मद्दत गर्ने र खेलकुदमार्फत पालिकालाई देश तथा विदेशमा चिनाउन सकिने उल्लेख गर्नुभयो ।

कार्यक्रममा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक ,दाङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राकेश परियार लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रममा जनप्रतिनिधि ,विभिन्न राजनैतिक दलका प्रमुख,सुरक्षाकर्मी,शिक्षक तथा विद्यार्थीहरुकाे सहभागीता रहेको थियोे ।

राप्ती गाउँपालिका वडा नं.४ का अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बीरबहादुर चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक बासुदेव रिजालले गर्न भएको थियो ।

प्रतियोगितामा २१ सामुदायिक र १४ संस्थागत गरि ३५ विद्यालयका विद्यार्थीहरूको सहभागीता रहेको छ।

प्रतियोगितामा छात्र र छात्रा तर्फ अलग अलग भलिबल, कबड्डी, एथ्लेटिक्स, मार्सल आर्ट हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्यावलिङ थ्रो, सटफुट, कराँते लगायतका खेलहरु समावेश गरिएको छ ।

खेल अवधिभर २२ प्रशिक्षक र ८ सय ३७ जना खेलाडीहरूको १ लाख बराबरको बीमा समेत गरिएको छ।

कार्यक्रम सुरु हुनुअघि सहभागी विभिन्न विद्यालयका विद्यार्थीहरूले मार्च पास समेत गरेका थिए।

खेल कात्तिक  २८ देखि ३० गतेसम्म तीनदिन माध्यमिक विद्यालय माैरीघाटको प्राङ्गणमा सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

Facebook Comments