• २२ मंसिर २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
हिउँदे बालीका लागि रासायनिक मल कतै पर्याप्त, कतै अपुग




घोराही । दाङमा किसानले खेतीपाती गर्ने समयमा सधै रासायनिक मलको अभाव हुने गरेको छ । प्रायः धान खेती गर्ने समयमा रासायनिक मलको अभाव हुँदै आएको छ । वर्षेनी खेतीपातीकै समयमा किसानहरुले मलको अभाव झेल्दै आइरहेका छन् ।

तर, जिल्लामा धान खेतीको सयमयमा रासायनिक मलको अभावन भएपनि हिउँदे बालीको लागि भने खासै मल अभाव नहुने कृषि सामाग्री कम्पनी लिमिटेड घोराही शाखाले जनाएको छ ।

रासायनिक मलको माग असीमित रहेको र मल जति पाएपनि किसानहरुले मल नपाउने गरेको गुनासो कार्यालयमा आउने गरेको कार्यालयका सूचना अधिकारी सुन्दर केसीले बताउनुभयो । सरकाले सिजनभित्रै मल भित्र्याउने योजना बनाएको हुन्छ तर, सप्लार्यले ढिलो गर्दा समयमै मल आउँदैन्, उहाँले भन्नुभयो ।

जिल्लामा एक लटमा करिब आठसय मेट्रिक टन मल आउने गरेको र त्यो मल घोराही, तुलसीपुर र लमही शाखा कार्यालयहरुबाट पालिकाले दिएको कोटा अनुसार वितरण हुने गरेको उहाँले जानकारी दिनुभयो । उहाँले पालिकाको उपप्रमुख तथा उपाध्यक्षको संयोजकत्वमा समिति हुने र त्यो समितिले पालिकाभरको कोटा बाँडफाड गरेको सिफारिस अनुसार कार्यालयले मल वितरण गर्ने गरेको बताउनुभयो ।

घोराही शाखा कार्यालयले घोराही, बंगलाचुली, रोल्पा र पश्चिम रुकुममा मल वितरण गर्दै आइरहेको छ । धान बालीमा रासायनिक मलको धेरै अभाव हुने गरेको भएपनि हिउँदे बालीको लागि भने खासै मलको अभाव नरहेको सूचना अधिकारी केसीले बताउनुभयो । उहाँले हिउँदे बालीका लागि कोटा अनुसार मल वितरण भइरहेको र बंगलाचुली र पहाडी जिल्लामा कोटा अनुसार मल पर्याप्त पुगेको बताउनुभयो ।

घोराहीमा मनको सबै कोटा गएपनि किसानले मल नपाएको गुनासो आउँने गरेको उहाँको जोड थियो । कार्यालयमा पोटास मल किसानको माग अनुसार पर्याप्त रहेको तर, युरिया र डिएपी मल भने कोटा अनुसार नै वितरण भइरहेको उहाँको भनाइ छ । कार्यालयमा आर्थिक वर्ष २०८२/८३ को साउनदेखि कात्तिकसम्म युरिया मल दुई लट र डिएपी मल तीन लट प्राप्त भएको छ ।

कार्यालयले दिएको हिजोसम्मको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष साउनदेखि कात्तिकसम्म कार्यालयमा दुई लटमा नौसय ६९ मेट्रिक टन युरिया मल प्राप्त भएको थियो । त्यसमा तीनसय ३४ मेट्रिक टन मन वितरण भइसकेको छ, भने गोदाममा स्टक रहेको छसय ४८ मेट्रिक टन मल पनि वितरण भइरहेको छ ।

त्यस्तै कार्यालयमा तीन लटमा एक हजार आठसय ११ मेट्रिक टन डिएपी मल प्राप्त भएको थियो । त्यसमा सातसय ७९ मेट्रिक टन मल वितरण भइसेको र गोदाममा स्टक रहेको एक हजार ७९ मेट्रिक टन मल वितरण भइरहेको छ । त्यसैगरी पोटास मल भने अघिल्लो वर्षको स्टकबाट ४६ मेट्रिक टन वितरण भइसकेको र २८ मेट्रिक टन मल पनि वितरण भइरहेको छ । किसानको माग अनुसार पोटास मल भने अभाव नहुने भएको छ ।

नेपाल सरकारको अनुदानमा कृषि सामाग्री कम्पनी लिमिटेडमा ७० प्रतिशत र साल्ट ट्रेडिङमा ३० प्रतिशन मल आउने गरेको छ । कार्यालयमा प्राप्त भएको मललाई व्यक्तिगत नभएर पालिकाहरुबाट सिफारिस भएर आएका कृषि सहकारी तथा कृषि फर्महरुमार्फत मलको वितरण हुने गरेको छ । घोराही उपहानगरपालिकाभित्र सबैभन्दा बढी कृषि फर्म तथा सरकारीहरु रहेको कार्यायले जनाएको छ ।

Facebook Comments