• २२ मंसिर २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय संरचना चार तहको बन्ने




नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय संरचना चार तहको बन्ने भएको छ।

केन्द्रमा केन्द्रीय कार्य समिति, केन्द्रीय समिति, केन्द्रीय सचिवालय र केन्द्रीय कार्य संयोजन समिति रहने नेता प्रकाश ज्वालाले जानकारी दिए । उनका अनुसार केन्द्रीय कार्य संयोजन समिति आपसी सहमतिका आधारमा कम्तीमा ३५ सदस्यीय बन्नेछ । त्यस्तै केन्द्रीय कार्यसमिति विधानमै ६०१ सदस्यीय रहने व्यवस्था भएकाले सोही अनुसार समायोजन हुने उनले बताए । कार्य समितिबाट १०० जना हाराहारीको सचिवालय बन्न सक्ने ज्वालाको भनाइ छ । केन्द्रीय समिति साविक पार्टीका केन्द्रीय समितिलाई समायोजन गरी बनाइने छ ।

नेकपाको अन्तरिम विधान २०८२ को धारा–३८, ३९, ४०, ४१ र ४२ मा क्रमशः केन्द्रीय कार्य समिति, केन्द्रीय समिति, केन्द्रीय सचिवायल, केन्द्रीय संयोजक समिति र केन्द्रीय निकाय रहेन व्यवस्था छ ।यसैगरी प्रदेश, जिल्ला, पालिका र वडा तहमा आपसी सहमतिमै संयोजन समिति, प्रदेश समिति र सचिवालय रहने ज्वालाले जानकारी दिए । सबै पार्टीका वार्ता टोलीसहित एकता प्रक्रिया टुंगो लगाएपनि सबै तहका समिति, प्रदेशसभाका संसदीय दल समायोजनका लागि उच्चस्तरीय समोजन समिति बन्न सक्ने ज्वालाले बताए ।

समायोजन समितिको मोडालिटी ६०/४० प्रतिशतको आसपासमा हुन सक्ने अर्का नेता हरिबोल गजुरेलले जानकारी दिए । एकता प्रक्रियामा जोडिएका दलहरू आयोगमै दर्ता भएका पाँचवटा पार्टी छन् । जसमा माओवादी, एकीकृत समाजवादी, जनसमाजवादी पार्टी नेपाल, नेकपा (समाजवादी) र नेकपा (माओवादी समाजवादी) रहेका छन् । यसबाहेक विप्लव नेतृत्वको नेकपाबाट आएका चिरन पुन समूह, भीम रावल नेतृत्वको मातृभूमि जागरण पार्टी, गोपाल किराती, केशव दाहाल लगायत समूह समायोजनमा जोडिएका छन् ।

Facebook Comments