• २० मंसिर २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
नाकास्तरिय खेलकुद समाजको अध्यक्षमा खड्का




श्रवण कुमार यादव
देउखुरी, २८ कात्तिक। नाकास्तरिय खेलकुद समाजको साधारणसभा तथा अधिवेशनले बाल ज्योती प्रावि डगमारानाकाका पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रबहादुर खड्का (शिखर) लाई नाका स्तरीय खेलकुद समाजको दोस्रो कार्यकालको लागि अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको छ । युगबोध आधारभुत विद्यालय सुनपत्थरीमा सम्पन्न भएको अधिवेशनले खड्कालाई दोस्रो कार्यकालको लागि अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो । यसरी गरि सभाले उपाध्यक्षमा शिवशक्ति मावि भौवानाकाका प्रधानध्यापक लिलाधर विक र युगबोध आधारभुत विद्यालय सुनपत्थरीनाकाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोरेबाहादुर घर्ती (गोरेन्द्र) लाई सर्वसम्मत रूपमा चयन गरेको छ भने सचिवमा श्री बालकल्यान मावि खांग्रानाकाका प्रधानध्यापक रामसुरेश यादवलाई चयन गरिएको छ । त्यसैगरी सह–सचिवमा विरेन्द्र प्राथमिक विद्यालय गौरिनाकाका प्रधानध्यापक रामबरण यादवलाई चयन गरिएको हो ।

यस्तै कोषाध्यमा युगबोध आधारभुत विद्यालयका प्रधानध्यापक कमल ओलीलाई चयन गरिएको छ भने सभाले सदस्यमा भिमबहादुर कुवर, जगेन्द्र राना, श्री कृष्ण पुन, रामबहादुर विक, प्रमोद घर्तीलार्ई चयन गरेको हो । दुईजना सदस्य आगमी बैठकमा मनोनय गर्ने समितिले निर्णय गरेको छ । त्यस्तै सभाले सल्लाहकार संयोजकमा राजपुर गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ६ का वडाध्यक्ष श्यामबहादुर रोका, सदस्यमा गणतन्त्र राष्ट्रिय दैनिकका देउखुरी प्रमुख पत्रकार शिवु खनाल, सन्देश विक, प्रमोद बस्नेत, शुसिला पुनलाई चयन गरेको हो ।

१४ औँ नाकास्तरिय खेलकुद महोत्सव युगबोध आधारभुत विद्यालय सुनपत्थरी नाकामा यहि मंसिर १५ गते हुनेछ । उक्त महोत्सव तिनदिन सम्म संचालन हुनेछ । नाकास्तरमा संचालित विद्यालय विद्यार्थी, अभिभावक विच प्रतिस्पर्धात्मक कार्यक्रम संचालन गरेर नाकास्तरिय खेलकुद महोत्सव मनाइदै गरिदै आएको छ । कार्यक्रमको सहजिकरण सचिव रामसुरेश यादवले गर्नु भएको थियो ।
नाकास्तरिय खेलकुद महोत्सव मंसिर १५ गतेदेखि सुरु गर्ने समितिको निर्णय
यसवर्ष नाका स्तरीय खेलकुद महोत्सवलाई नयाँ व्यवस्थापन तवरले संचालन गर्ने निर्णय गरेको छ।

नाकास्तरिय खेलकुद समाजका अध्यक्ष चक्रबहादुर खड्का (शिखर) को अध्यक्षता एवम् राजपुर गाउँपालिका वडा नम्बर ७ का वडासदस्य प्रमोद बस्नेतको प्रमुख अतिथिमा बसेको बैठकले नाका स्तरीय खेलकुद महोत्सव यही मंसिर १५ गते निर्णय गरेको हो । प्रत्येक वर्ष फागुन १२ गते लाग्दै आएको नाका स्तरीय खेलकुद महोत्सव यसपटक भने २३ वटा नाकामा रहेका एघार बिद्यालयको सहभागीतामा मंसिर १५ गतेदेखि १४ औँ नाकास्तरिय खेलकुद महोत्सव सुरु हुदैछ महोत्सव सुरु भएको हो।

२०५५ सालवाट खेल महोत्सव सुरु भएको हो । यसपटक उक्त महोत्सव राजपुर गाउँपालिका वडा नम्बर ७ सुनपत्थरी नाका युगबोध आधारभुत विद्यालयमा संचालन हुने नाका स्तरिय खेलकुद महोत्सवका सचिव राम सुशेर यादवले जानकारी दिनुभयो । नाका स्तरीय खेलकुद महोत्सवमा नाकाका एघार वटा सामुदायिक विद्यालयका विद्यार्थी र अभिभावकको सहभागी हुदैछ ।

कबरडी, दौड, रिले दौड, सटफुट, ज्याब्लिङ् थ्रो, हिबास दौड, हाइजम्प, लङजम्प, वकक्तिवकला लोक गित, लोक नृत्य, अभिभावक तर्फबाट लोक दोहरी, महिला पुरूषा भलिबल, डोरी तानातान लगायत खेलकुद महोत्सवमा विद्यार्थी विद्यार्थी बिच प्रतिस्पर्धा हुन्छ । खेलकुद महोत्सवमा लाग्ने सम्पूर्ण खर्च गाउँपालिकाले सहयोग गर्ने भएको छ।

Facebook Comments