लमही, २६ कात्तिक। लमहीमा एक महिने सिपमुलक तालिम सुरु भएको छ।
स्थानीय स्रोतसाधनको प्रयोग गरी स्वरोजगार र उपभोक्ता सदस्यलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ आर.आर.एन.को आर्थिक सहयोग तथा डि.जि.एम. नेपाल र अजम्मरी सामुदायिक वनको संयुक्त आयोजनामा बाँसबाट हस्तकलाका विभिन्न सामग्री उत्पादनसम्बन्धी एकमहिने तालिमको जैविक विविधता ग्रीनपार्कमा सुरु भएको हो । बुधवार लमही नगरपालिका वडा नं. ५ का वडाध्यक्ष ओम प्रसाद सुबेदीले एक कार्यक्रमका बिच उक्त तालिमको उद्घाटन गर्नुभएको हो।
सैद्धान्तिक ज्ञान (सिप)लाई व्यवहारमा रुपान्तरण गरेर उपभोक्तालाई उत्पादनमा जोड्न सामुदायिक वनमा बाँस हस्तकला उद्यम कार्यक्रम संचालन गरिएको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले बताउनुभयो ।
उहाँले उपभोक्तालाई बाँसबाट उत्दापन हुने सामाग्री बारे जानकारी दिने र उनीहरुलाई श्रमसंग जोडेर व्यावसायिक बनाउका लागि यो कार्यक्रम संचालन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो,–। ‘पछिल्लो समय सैद्धान्तिक ज्ञान संगै व्यवहारिक ज्ञानलाई पनि संगै अगाडी बढाउने उदेश्यले वनले उद्यमसंग उपभोक्तालाई जोडिएको छ । बढ्दो वैदेशिक रोजगारीलाई रोक्दै उद्यमबाट उत्पादन बढाउने र रोजगारीको सिर्जना गर्न उपभोक्तालाई अहिलेबाटै उद्यममा प्रोत्साहन गरिएको हो ।’
सीप सिकेपछि महिलाले बनाउने सामग्री वडाले बजारीकरण गर्नेगरी लमही नगरपालिका वडा नं. ५ का वडाध्यक्ष ओम प्रसाद सुबेदीले प्रतिवद्धता जनाउनुभयो । उहाँले लमही नगरपालिका संग समन्वय गरि नौवटै वडामा तयार भएका सामग्री संकलन गरेर बजारीकरणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष सुबेदीले उपभोक्तालाई प्राथमिकतामा राखेर सीपमूलक तालिम सञ्चालन गरिएको प्रति खुसि व्यक्त गर्नुभयो । अन्तरराष्ट्रिय बजारसम्म निर्यात गर्ने उद्देश्यसहित सामुदायिक वनले बाँसबाट बनाइने विभिन्न सामाग्रीहरु उत्पादनका लागि जनशक्ति उत्पादन गरिरहेको छ, उहाँले भन्नुभयो,–। ‘यसले एकातिर आयआर्जनमा टेवा पु¥याउनेछ भने अर्कोतर्फ हाम्रा उत्पादनहरू स्वदेश तथा विदेश निर्यात हुँदा नगरपालिकाको पहिचान हुने विश्वास गरेका छौँ।’
वनका अध्यक्ष पवन शर्मा रिजालले हाल १५ महिला र पुरुष र सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ हेक्वा अर्जुनखोलाबाट ५ जना गरि २० जनाले बाँसबाट विभिन्न हस्तकलाका सामग्री बनाउने सीप सिकिरहेको बताउनुभयो।
कार्यक्रमको सहजिकरण अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका प्रेस संयोजक (पत्रकार) शिवु खनालले गर्नु भएको थियो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
