दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कर्णाल प्रदेशको सुर्खेतमा आगामी फागुन १ देखि ७ गतेसम्म प्रतियोगिता गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
यसअघि गत बुधबार बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२३औँ बोर्ड बैठकले पनि कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुद फागुन १ देखि ७ गतेसम्म निर्णय गरेको हो ।
राखेप बोर्ड बैठकको निर्णयलाई नै मन्त्रिपरिषद्ले स्वीकृति दिएको हो ।
Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
