दाङ। घोराही बैंकर्स क्लबको नयाँ कार्यसमिति चयन गरिएको छ।
आईतबार सम्पन्न साधारणसभाले कुमारी बैंक घोराहीका शाखा प्रबन्धक कमल रेग्मीलाई अध्यक्षमा निर्बिरोध चयन गरेको हो। उपाध्यक्षमा विवेक आचार्य, सचिवमा कृष्ण बहादुर साउद, कोषाध्यक्षमा कृष्ण प्रसाद भट्टराई तथा सदस्यमा विरेन्द्र सिंह कार्की र शिरिष श्रेष्ठ चयन भएका छन्।

घोराही बैंकर्स क्लबका अध्यक्ष उमंग अधिकारीको अध्यक्षतामा सम्पन्न साधारणसभामा कोषाध्यक्ष युवराज भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रमको सहजिकरण सचिव गणेश वि.सी. ले गरेका थिए।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
