• २० मंसिर २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
देउखुरी उद्योग बाणिज्य संघको २२ औँ बार्षिक साधारण सभा सम्पन्न




श्रवण कुमार यादव
दाङ । देउखुरी उद्योग बाणिज्य संघको २२ औँ बार्षिक साधारण सभा लमहीमा सम्पन्न भएको छ ।

देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमलजँग सिँह ठकुरीको अध्यक्षता तथा लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न सभालाई सम्बोधन गर्दै चौधरीले देउखुरी उद्योग वाणिज्य संघले राम्राे काम गरिरहेको अनुभुति रहेको बताउनुभयो।

सभामा बोल्दै संघका अध्यक्ष कमलजङ्ग सिंह ठकुरीले विगत वर्षभरि संघले गरेको कामहरूको संक्षिप्त विवरण प्रस्तुत गर्दै संघले सदैव स्थानीय उद्यमीहरूको अधिकार र हितका लागि अग्रसर रहँदै आएको बताउनुभयो।

ठकुरीले देउखुरीका व्यापारी र उद्योगीहरूबीच एकता कायम राख्न आग्रह गर्दै भन्नभयाे, “एकजुट भएर अघि बढ्न सके मात्र हामी हाम्रो क्षेत्रको आर्थिक रुपान्तरण गर्न सक्छौं। यो संघ केवल संस्था होइन, यो देउखुरीका हरेक उद्योगीको साझा घर हो।”

उहाँले नगरपालिकासँग सहकार्य गरेर औद्योगिक करिडोर स्थापना, साना उद्योग प्रोत्साहन, र युवा उद्यमशीलता प्रवर्द्धनका कार्यक्रम अगाडि बढाउने प्रतिबद्धता पनि जनाउनुभयो। अन्त्यमा उँहाले सबै सदस्य, सहयोगी संस्था र नगरपालिकालाई धन्यवाद ज्ञापन गर्दै भन्नुभयो, “हाम्रो लक्ष्य विकास हो, हाम्रो बाटो सहकार्य हो र हाम्रो हतियार एकता हो।”

देउखुरी उद्योग वाणिज्य संघका वरिष्ठ महिला उपाध्यक्ष शारदा सुवेदीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा लायन्स क्लव अफ लमहीका अध्यक्ष हल्लु प्रसाद चौधरी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लिला शाह, नागरिक समाज दाङका संयोजक निम बहादुर थापा, देउखुरी उघोग वाणिज्य संघका पूर्व अध्यक्ष लिला राम खनाल, रोल्पा उघोग वाणिज्य संघका कोषाध्यक्ष ओविलाल केसी, सिसहनिया उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी प्रसाद अधिकारी, दाङ उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष ध्रुव राज आचार्य, राष्ट्रिय जनमोर्चाका लमही नगर कमिटीका वसन्त आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टीका लमही नगर कमिटीका अध्यक्ष शिव लाल भण्डारी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सचिव वसन्त राज शर्मा (विक्रान्त), नेपाल उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बाल कृष्ण सुवेदी लगायत शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

सभामा संघको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/०८२ मा भएका गतिविधि र अगामी १५ बुँदे योजना बारे संघका महासचिव हरि बहादुर थापाले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रगति प्रतिवेदन संघका कोषाध्यक्ष वसन्त भण्डारीले प्रस्तुत गर्नुभएको थियोे।

कार्यक्रममा पूर्वअध्यक्ष, संस्थापक सदस्य, विभिन्न स्तरका व्यापारी, उद्योगी, सञ्चारकर्मी लगायतका सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण देउखुरी उघोग वाणिज्य संघ लमहीका महासचिव हरि बहादुर थापाले गर्नुभएको थियो।

Facebook Comments