• २० मंसिर २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोराहीमा चौथो राष्ट्रिय स्कूलस्तरीय हाप्किडो प्रतियोगिता हुँदै




घोराही । दाङको घोराहीमा चौथो राष्ट्रिय स्कूलस्तरीय हाप्किडो प्रतियोगिता हुने भएको छ । नेपाल हाप्किडो संघको आयोजना तथा दाङभ्याली कलेज हाप्किडो डोजाङको सह–आयोजनामा हाप्किडो प्रतियोगिता–२०८२ अगामी मंसिर १६ गतेदेखि सुरुहुने भएको हो । कलेजले शुक्रबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको बारेमा जानकारी दिँदै प्रतियोगिता कलजकै खेल मैदानमा हुने बताएको छ । देशभरका स्कूलस्तरीय विद्यालर्थीहरुलाई लक्षित गरी आयोजना गरिएको यस प्रतियोगिता यही मंसिर १६ देखि २० गतेसम्म सञ्चालन हुने संघका दाङ जिल्ला सचिव तथा प्रतियोगिताका संयोजक विशाल थापाले बताउनुभयो । उहाँले नेपालमा हाप्किडो खेललाई विद्यालयस्तरबाटै संस्थागत गर्दै राष्ट्रियस्तरमा सशक्त बनाउन र खेलकूदको संस्कृतिलाई सुदृढ बनाउने प्रतियोगिताको उद्देश्य रहेको बताउनुभयो । नेपाल हाप्किडो संघले आफ्नो स्थापना कालदेखि नै हाप्किडो खेललाई नेपालमा संस्थागत, व्यवसायिक र लोकप्रिय बनाउन निरन्तर प्रयत्न गर्दै आएको उहाँको जोड थियो । संघले तीन संस्करणका राष्ट्रिय स्कूलस्तरीय प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको र जसले खेलप्रतिको रुचि, अनुशासन, आत्मरक्षा सीप र खेलकूदप्रतिको सकारात्मक दृष्टिकोणलाई बल पु¥याएको उहाँको भनाइ थियो ।
यस प्रतियोगितामा सातै प्रदेशका दुई सय भन्दा बढी विद्यालयका टिमहरु सहभागी हुने र त्यसबाट करिब दुई हजार भन्दा बढी विद्यालर्थी खेलाडीहरुले प्रतिस्पर्धा गर्ने संयोजक थापाले बताउनुभयो । प्रतियोगितामा छात्र तथा छात्रा दुबै वर्गका खेलाडीहरु सहभागी हुने र खेलमा विभिन्न तौल समूह र आयु वर्गाअनुसार व्यक्तिगत तथा समूहगत प्रतिस्पर्धा हुनेछन्, उहाँले भन्नुभयो । प्रतियोगिता अन्तर्गत फाइटिङ, सेल्फ डिफेन्स डमोन्स्ट्रेसन, स्पारिङ र टेक्निकल फर्म लगायतका विधाहरु समावेश गरिएका छन् । यसबाट विद्यार्थीहरुले आत्मरक्षा, शारीरिक क्षमता, मानसिक सुदृढता र आत्मविश्वास अधिवृद्धि गर्न सक्षम हुने उहाँले बताउनुभयो ।

यो प्रतियोगिता केवल खेल प्रतिस्पर्धाको अवसरमात्र नभई राष्ट्रिय एकता, अनुशासन, मैत्रीभाव र युवा सशक्तीकरणको उत्कृष्ट माध्यम पनि भएको आयोजकले जनाएको छ । उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक तथा टिमहरुलाई पदक, प्रमाणपत्र र विशेष सम्मानकासाथ पुरस्कृत गरिने छ । प्रतियोगिताले विद्यालयस्तरमा खेलकूदको नयाँ उत्साह, उर्जा र राष्ट्रिय एकताको भावना फैलाउँदै नेपालमा खेलकूद विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिएको आयोजक संस्थाले जनाएको हो ।

संघका केन्द्रीय सदस्य राजेन्द्र मदैको स्वागत मन्तव्यबाट सुरुभएको पत्रकार सम्मेलनमा कलेजका प्रिन्सिपल विष्णु प्रसाद बञ्जाडे, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन लगायतले हाप्किडो खेल नेपालमा महत्वपूर्ण भएको कुरामा जोडदिँदै खेलकूदले मान्छेलाई स्वस्थ राख्दै आत्मरक्षाको क्षमता बढाउनु बताउनुभयो । खेलकुद र खेल क्षेत्रलाई विकास र विस्तार गर्नका लागि खेललाई शिक्षासँग जोड्नुपर्ने उहाँहरुको जोड थियो । प्रतियोगिताको संयोजक विशाल थापाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन कलेजका प्रध्यापक थम्मन बस्नेतले गर्नुभएको थियो ।

Facebook Comments