• २२ मंसिर २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
देउखुरी उद्योग बाणिज्य संघमा साधारण सभाको तयारी




शिवु खनाल
देउखुरी, २० कात्तिक। देउखुरी उद्योग बाणिज्य संघको २२ औं वार्षिक साधारण सभा आगामी शनिबार हुँदैछ । संघको सचिवालयले साधारण सभाको तयारी पुरा गरेको जनाएको छ । संघको २२ औं साधारण सभा लमही स्थित आश्रय होटलमा हुँदैछ ।

साधारण सभाको लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरी उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । त्यस्तै सरकारका बिभिन्न तहका पदाधिकारीहरु, नेपाल उद्योग बाणिज्य संघका पदाधिकारी, प्रदेश उद्योग बाणिज्य संघका पदाधिकारीहरु समेत आउने कार्यक्रम छ ।

साधारण सभामा संघको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा समसामयिक व्यबसायिक समस्या एवं सम्भावनाका विषयमा प्रस्ताव तयार गरी बाणिज्य संघले आफ्नो कार्यक्रमको भावी योजनाहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको देउखुरी उद्योग बाणिज्य संघ लमहीका महिला उपाध्यक्ष शारदा सुबेदीले बताउनुभयो ।

उक्त कार्यक्रममा सहभागी हुनका लागि सम्पूर्ण संस्थापक अध्यक्ष, पूर्वध्यक्षहरु, पूर्व कार्यसमिति सदस्यहरु, आजिवन सदस्यहरु र उद्योगी व्यवासयीहरुलाई उपस्थितीको लागि आहव गरिएको छ ।

Facebook Comments