• ३० कार्तिक २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
हिमपहिरोमा ५ विदेशी र २ नेपालीको मृत्यु, ४ जना बेपत्ता




दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित रोल्वालिङ हिमश्रृंखला अन्तर्गतको यलुङ रि हिमालको बसेक्याम्पमा हिम पहिरोमा परेर ५ जना विदेशी र २ नेपाली आरोहीको मृत्यु भएको छ । हिमपहिरोमा ४ जना बेपत्ता छन् । ४ जना घाइते छन् ।

मृत्यु हुनेमा अमेरिकी नागरिक ३ जना, क्यानडाका १ र इटालीका १ गरी ५ जना विदेशी छन् । उनीहरुसँगै रहेका दुई जना नेपालीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

५ हजार ६ सय ३० मिटर अग्लो यलुङ रि आरोहणका लागि सोमबार बिहान ५ विदेशीसहित १० नेपाली पथप्रदर्शक त्यसतर्फ गएका थिए । बिहान करिब साढे ८ बजे आरोहणमा सहभागी सबैलाई हिमपहिरोले पुरेको हो ।

हिमपहिरोमा परे लगत्तै घाइतेहरुले ना गाउँमा रहेका आरोहणमा सहभागी नभएका साथीहरुलाई आग्रह गरेका थिए । तर समयमा उद्धार हुन नसकेको आरोहणमा सहभागी एक घाइतेले बताए । उनका अनुसार ६ हजार ३ सय ३४ मिटर उचाईको डोल्मा खाङ हिमाल आरोहणका लागि आएका थिए । त्यसअघि उनीहरुले यलुङ रि चढ्ने तालिका थियो ।

ना गाउँमा बास बसेर उक्त टोली यलुङ बेसक्याम्प पुगेको हो । उद्धार हुन नसकेपछि हिम पहिरोमा परेका घाइते आफै खबर गर्न ना झरेको घाइते पथप्रदर्शकले बताए । ‘हामीले रोइकराई गरेर उद्धार गरिदिन स्थानीय प्रशासनलाई आग्रह गर्‍यौं, करिब ४ घण्टापछि मात्रै हेलिकप्टर आउँछ भनेर खबर पाएका थियौं,’ उनले कान्तिपुरसँग भने, ‘साथीहरु के कति अवस्थामा छन् अझै जानकारी आएको छैन्, ४ जना साथी अझै सम्पर्कमा आएका छैनन् ।’

समयमा हिम पहिरोबाट उद्धार नहुँदा मानवीय क्षति भएको उनले बताए । हिम पहिरोमा ७ जनाको मृत्यु भएको दोलखा प्रहरी प्रमुख डीएसपी ज्ञानकुमार महतोले बताए । आरोहणमा गएको टोली हिम पहिरोमा परेको सूचना ढिलो गरी मात्रै आएको उनले बताए ।

Facebook Comments