• २२ कार्तिक २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
अबको राजनीतिमा दुई विकल्प : सुधार वा वैकल्पिक एकता ?





सचिन भट्टराई
नेपालका अधिकांश ग्रामीण क्षेत्रमा अझै पनि पुराना राजनीतिक दलहरूको संगठन, प्रभुत्व र बर्चस्व जिवन्त छन्। यो स्वाभाविक पनि हो — विगतमा तिनै दलहरूले असम्भवजस्तो देखिने परिवर्तन वास्तविकता बनाएका थिए। राणा शासनदेखि पञ्चायत, संवैधानिक राजतन्त्र र अन्ततः लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रामा ती दलहरूको योगदान प्रशंसनीय छ।

तर त्यही ऐतिहासिक दलहरू आज कतिपय नेताका घर र सयनकक्षसम्म सीमित हुने व्यक्तिगत स्वभाव र चरित्रका कारण बदनाम हुँदै गएका छन्। यद्यपि कार्यकर्ता तहमा तिनको प्रभाव अझै गहिरो छ। केही नयाँ दल उदाएको देखिए पनि ती स्थापित हुन कठिनाइ भोगिरहेका छन्। सहरी क्षेत्रमा परिवर्तन खोज्ने मतदाताको समर्थनका कारण केही नयाँ दलले साना–ठूला सफलता भने पाएका छन्, तर देशको बहुलांश ग्रामीण क्षेत्रहरूमा पुराना दलहरूको प्रभाव अझै प्रबल छ — र यही भौगोलिक वास्तविकताले चुनावी परिणाममा निर्णायक भूमिका खेल्छ।

Gen-Z को आन्दोलन र अपेक्षाअनुसार, पुराना दलहरूले पार्टी नीति, नेतृत्व हस्तान्तरण र अनुशासनमा पर्याप्त परिवर्तन गर्न सकेका छैनन्। नतिजा स्वरूप चुनावी सूचीदेखि सांसदसम्मसम्म ती नेतै रहने सम्भावना देखिन्छ — किनभने यो दलहरूको संगठन अझै मजबुतै छ। अर्कोतर्फ, नयाँ र वैकल्पिक शक्ति मान्ने समूहहरू धमाधम राजनीतिक दल खोलिरहेका छन्; तर उम्मेदवार जुटाउनै कठिनाइ छ र मत पाउन चुनौती बढी छ।

त्यसैले अबका विकल्प दुई प्रकारका देखिन्छन् — एक, पुराना दलहरू आफैं सचिई नयाँ सोच र नेतृत्वसहित जनतासामु फर्किनु; र दुई, नयाँ तथा वैकल्पिक शक्तिहरू एकजुट भएर चुनावमा जानु। वर्तमान परिप्रेक्ष्यमा वैकल्पिक शक्तिको एकीकरणका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) ले बढी जिम्मेवारी लिनुपर्ने देखिन्छ, किनकि यसको संगठनात्मक संरचना र स्थानीय तहसम्मको सञ्जाल अन्य नयाँ दलभन्दा तुलनात्मक रूपमा बलियो रहेको छ।

यदि यी दुई विकल्प सहकार्यमुखी ढङ्गले अघि बढे — पुराना दलहरूको अनुभव र ज्ञान सँगै नयाँ विचार र नवीन नेतृत्वले जोडिन्छ — त्यसले अवश्य पनि देशको राजनीतिक अनुहार परिवर्तन गरिने सम्भावना बढाउनेछ।

Facebook Comments