घोराही । घोराही उपमहानगरपालिका–१८ नवलपुरमा चोरीका घटना बढेपछि स्थानीय बासिन्दाले आजदेखि सामूहिक गस्ती गर्ने भएका छन्।
नवलपुर ‘ख’ टोल विकास संस्थाको आज बसेको बैठकले टोलबासीले रातको समयमा गस्ती गर्ने निर्णय गरेको हो।

केही दिनयता नवलपुर, सालघारीलगायतका स्थानमा चोरीका घटना बढेका छन्। रातिको समयमा चोरी बढेपछि पुलचोकदेखि डबरीसोता सम्म गस्ती गर्ने निर्णय गरिएको नवलपुर टोल विकास संस्थाका अध्यक्ष किशोर पौडेलले जानकारी दिनुभयो।
उहाँका अनुसार गस्तीलाई प्रभावकारी बनाउन प्रहरी र नजिकका अन्य टोलहरूसँग पनि समन्वय गरिनेछ।
नवलपुरमा नवलपुर ‘क’ र ‘ख’ तथा सुनौलो बिहानी गरी तीन वटा टोल विकास संस्था रहेका छन्।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
