• २३ कार्तिक २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
पदयात्रीलाई राष्ट्रिय झण्डा सहित सम्मान गरिने




दाङ । छिल्लीकोट  बहृत् पदयात्रामा सहभागी पदयात्रीलाई राष्ट्रिय झण्डा सहित सम्मान गरिने भएको छ । यहीँ कार्तिक ७ गते हुने छिल्लीकोट बृहत् पदयात्रा २०८२ मा सहभागी हुने  सम्पूर्ण पदयात्रुलाई सम्मान गर्न लागिएको हो ।

तुलसीपुर १९ छिल्लीकोटमा रहेको कालिका मालिका एवं छिल्लीकोट  संरक्षण समिति र स्थानीय गाउँलेहरुले पदयात्रीलाई स्वागत सम्मान गर्ने  समितिका अध्यक्ष परवीर पुनले जानकारी दिनुभयो । छिल्लीकोटको पर्यटन प्रवर्धन र ईतिहास संरक्षणका लागि सुरु हुने पदयात्राको स्वागत स्वरुप सम्मान गर्न लागिएको  अध्यक्ष पुनको भनाई छ ।

पदयात्रामा  शाहवंसीय राजाहरुले राज्य संचालन गर्दा प्रयोग गरिएको तोप,राजारानी बस्ने स्थलगढी र गाउँलेहरुले स्थापना गरेको छिल्लीकोट होमस्टे,कालिका,मालिका मन्दिरको अवलोकन गराउँने कार्यक्रम तय भएको अध्यक्ष पुनको भनाई छ । यसका लागि गाउँलेहरुले सम्पूर्ण तयारी पूरा गरेका छन ।

छिल्लीकोट  बहृत् पदयात्रा २०८२ पत्रकारहरु खेमराज रिजाल,जनक नेपाली , गोकर्ण पौडेल, राकेश बस्नेत र गिरीराज नेपालीको पहलमा हुन लागेको हो ।  पदयात्रा यहीँ कर्तिक ७ गते बिहान साढे ५ बजे तुलसीपुर उपमहारपालिका १९ माबि संक्रामको वरपीपलबाट सुरु हुदैछ ।।

Facebook Comments