श्रवण कुमार यादव
राजपुर। दाङ जिल्लाको राजपुर गाउँपालिका वडा नं २ ले रात्रिकालीन समयमा पहिलोपटक उज्यालो र शक्तिशाली हाइमास्ट जडान गरी उज्यालो अभियान सुरु गरेको छ।

वडा नम्बर २ का मुख्य सडक र चोकको विद्युतीय पोलमा जडीत साँझपख आफै बल्ने र बिहान आफै निभ्ने स्वचालित सोलार मैत्री १० वटा बत्ती एक साथ झलमल बालिएको छ।वडाले पालिका भरीमै पहिलोपटक रात्री सुरक्षामा नयाँ अध्याय सुरु गरेकाे हाे।
वडाका अनुसार मुख्य बेला बजार अन्तर्गत पर्ने चोक र बाटोका विद्युत् पोलमा ‘स्मार्ट लाइट’ प्रविधिको बिजुली बत्ती (हाइमास्ट) जडान गरिएको छ। वडाबाट विनियोजित ४ लाख २० हजार लागत बराबर सो बत्ती जडान गरिएको वडाले जनाएको हो।
वडा अध्यक्ष ओम प्रकाश यादवका अनुसार रात्रिकालीन समयमा सवारी दुर्घटना न्यूनीकरण गर्न, रात्री आवतजावतमा सहजता, सर्पजस्ता जन्तुको विगविगी भएकोेले स्थानीयको सुरक्षालाई लक्षित गर्दै यो अभियान सुरु गरिएको हो। उहाँले उज्यालो अभियानले बेला बजारको रुपान्तरणमा नयाँ ऊर्जा भर्ने विश्वास व्यक्त गर्दै अगामी दिनमा थप बत्ती जडान गर्दै जाने समेत जानकारी दिनुभयो।
Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
