दाङ । सन्चारमन्त्री जगदिस खरेलले सरकारी करारका कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्ने बताएका छ्न् ।
यसैक्रममा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीले सरकारलाई साथ दिँदै प्रतिष्ठानलाई पनि सामाजिक सुरक्षाकोषमा आबद्ध गरेको छ । यसअघि आउट सोर्सिङका कर्मचारीलाई सामाजिक सुरक्षाकोषमा आबद्ध गरेको प्रतिष्ठानले पहिलो चरणमा छैठाैं तहसम्मका करार, अस्थायी कर्मचारीलाई पनि सामाजिक सुरक्षाकोषमा आबद्ध गरेको हो ।
प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले यसै आर्थिक बर्षदेखि हाल अधिकृत तहका सबै कर्मचारीलाई पनि सामाजिक सुरक्षाकोषमा आबद्ध गरिएको जानकारी दिए । सामाजिक सुरक्षा कोषमा आबद्ध भएपछि प्रतिष्ठानका कर्मचारीले राहतको महसुस गरेका छन् ।
यसअघि सामाजिक सुरक्षा कोषमा प्रतिष्ठान आबद्ध भएको थिएन् । राप्ती प्रतिष्ठान कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्द गराउने पहिलो प्रतिष्ठान बनेको छ । सरकारको निर्णयसंगै प्रतिष्ठानका ५ सय बढी कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
