मधुसूदन गिरी
कमिरेचौर । दाङको बंगलाचुली गाउँपालिकामा रहेको कमिरचौर महिला बचत तथा ऋण सहकारी संस्थाको १८ ओै साधारणसभा सम्पन्न भएको छ । कमिरेचौर महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दुर्पता पौडेलको अध्यक्षता तथा बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनको प्रमुख आतिथ्यता र गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसिको विशिष्ट आतिथ्यतामा साधारणसभा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा संस्थाको बार्षिक निति तथा कार्यक्रम संस्थाका सचिव बसन्त तिवारी र बार्षिक बजेट तथा आय व्याय विवरण संस्थाका कोषाध्यक्ष कमला घर्तीले प्रस्तुत गर्नुभएको थियोे ।
कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसिराम पुनले आर्थिक आय आर्जनमा पालिकाले विशेष जोड दिएको बताउनुभयो । यस्तै उहाँले सहकारीलाइ नियमन गर्ने काम पालिकाको रहेको र सहकारी आफ्नो नियम भित्र रहेर काम गर्नुपर्नेमा जोड दिनुभयो । साथै पालिका अध्यक्ष पुनले सहकारी भित्र रहेका सेयर सदस्यहरुले कृषि व्यावसाय लगानी गरि उत्पादनमुलक सहकारीमा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसिले सहकारीमा ऋण लिएर समयमै नतिरेका ऋृणिको मनोभावना बुझेर मात्रै दबाब दिन आग्रह गर्नुभयो ।यसो गर्दा सहकारी प्रति सकारात्मक भावना जाग्ने उहाँले बताउनुभयो । साथै सहकारीमा आवद्ध भइसकेपछि हरेक अप्ठ्यारोमा ऋणको सारथि बन्नुपर्ने र अरुको लहलैमा ऋण लग्ने प्रवृत्ति कम हुनुपर्ने उहाँले बताउनुभयो ।
यस्तै जिल्ला सहकारी संघका लेखा समिति संयोजक होमलाल भुषालले सहकारीले नियम र अधिकार भित्र रहेर काम गर्नुपर्ने बताउनुभयो । साथै ऋण लगिसकेपछि त्यसलाई फजुल खर्च भन्दा पनि व्यावसायमा लगानी गर्नुे बताउनुभयो ।
कार्यक्रममा काभ्रे कृषि सहकारी संस्थाका अध्यक्ष सिवराज परियार, बंगलाचुली अस्पतालका सि अहेव दामोदर पुलामी, इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक मधुकर बिसि लगायतले बोल्नुभएको थियो ।
संस्थाका उपाध्यक्ष शिवा गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण संस्थाका लेखा तथा सुपरिवेक्षण समिति संयोजक नारायणी गिरीले गर्नुभएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
