• ३० बैशाख २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दुर्घटनाका मृतक सबै बाँफीकोट गाउँपालिकाका




सल्यान । राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा आज बिहान भएको गाडी दुर्घटनामा मृत्यु भएका सबै तीन जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा रुकुम पश्चिमको बाफीकोट गाउँपालिका ५ बस्ने अन्दाजी २५ वर्षीय प्रकाश केसी, सोही ठाउँकै अन्दाजी ६८ वर्षीया पबी केसी र अन्दाजी २७ वर्षीय शशीधर केसी छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार रुकुम पश्चिमबाट दाङ तुलसीपुरतर्फ जाँदै गरेको लु २ ख ६५०२ नम्बरको फोर्स गाडी आइतबार बिहान करिब ४ बजे दुर्घटनाग्रस्त भएको हो ।

घाइतेहरूमा रूकुम बाफिकोट ५ का ४७ बर्षिय खकेन्द्र केसी र ३६ बर्षिय विना केसी रहेका छन ।

घाइतेहरूको टाउको र शरीरका विभिन्न भागमा चोट लागेका कारण अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि दाङ हुँदै नेपालगञ्ज रिफर गरिएको छ ।

प्रहरीका अनुसार रातको समयमा भएको दुर्घटनामा जिप सडकबाट करिब ३००–४०० मिटर तल खसेको हो । घटनास्थलमा प्रहरी टोली खटिएको र उद्धार कार्य सम्पन्न गरिएको सल्यान प्रहरीले जानकारी दिएको छ ।

Facebook Comments