दाङ। सल्यानको कपुरकोट–चौरखोला सडकखण्डमा भएको सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार रूकुमबाट दाङतर्फ आउँदै गरेको लु२ख ६५०२ नम्बरको सवारी सडकदेखि करिब तीन–चार सय मिटर तल खसेको हो। दुर्घटनामा एक महिला र दुई पुरुषको घटनास्थलमै मृत्यु भएको छ।
सोही सवारीमा सवार एक महिला र एक पुरुष गम्भीर घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि दाङ पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनाग्रस्त सवारीसाधनमा सवार मृतक र घाइतेको नाम, ठेगाना र दुर्घटनाको कारण खुल्न बाँकी रहेको जिल्ला प्रशासन कार्यालय सल्यानका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
