• २२ मंसिर २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्ती गाउँपालिकाद्वारा मजदुरलाई दुर्घटना बीमा रकम प्रदान




तुलबहादुर कवँर मगर
भालुबाङ, ९ असोज। दाङको राप्ती गाउँपालिकाले मजदुर दुर्घटना बीमाअन्तर्गत एक घाइते मजदुरलाई बीमा रकम प्रदान गरेको छ।

गत महिना काम गर्ने क्रममा दुर्घटनामा परि घाइते भएका वडा नं.१ पाखापानी निवासी विष्णु कवरलाई गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बिहीबार घरमै पुगेर एक लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो।

मजदुर बीमा कार्यक्रममा पालिकाका सबै मजदुरलाई सहभागी गराउने उद्देश्यले निरन्तर पहल भइरहेको बताउँदै अध्यक्ष विष्टले मजदुरको हक–अधिकार सुनिश्चित गर्न बीमा अभियानलाई अझ प्रभावकारी बनाइने बताउनुभयो।

गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र डा. राजकृष्ण श्रेष्ठको व्यक्तिगत पहल तथा खर्चमा हालसम्म ८ सय ७८ जना मजदुरहरुको निःशुल्क दुर्घटना बीमा गरिसकिएको छ।

Facebook Comments