• २८ कार्तिक २०८२, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोराहीमा जेनजी बिद्रोह, नयाँ परिस्थिति र निकास विषयक सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम सम्पन्न




 

घोराही । दाङको घोराहीमा जेनजी बिद्रोह, नयाँ परिस्थिति र निकास विषयक सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम सम्पन्न छ । नेपाल कम्युनिस्ट पार्टी घोराही नगर कमिटीको आयोजनामा बिहीबार सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

पार्टी घोराही नगरका इञ्चार्ज पाटन सीको अध्यक्षता एवं पार्टीका स्थायी कमिटीका सदस्य सन्तोष सीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि  सन्तोष सीले दलाल पूँजीवादी व्यवस्थामा भ्रष्टाचारलाई अन्त्य गर्न सम्भव नभएको बताउनुभयो  । उहाँले यो व्यवस्थाको एउटा विशेषता भ्रष्टाचार भएको हुँदा त्यसलाई अन्त्य गर्न सम्भव नहुने बताउनुभयो । भ्रष्टाचारलाई निर्मूल पार्ने एकमात्र विकल्प भनेको समजवाद भएको उहाँले  बताउनुभयो । समाजवादमा शिक्षा, स्वास्थ्य, नि:शुल्क हुने उहाँको जोड थियो । अबको पुस्ता नयाँ ठाउँमा आइपुगेको छ र अहिले पुस्ताको आवश्यकता पूरा गर्नेका लागि नयाँ दृष्टिकोणसहितको नेता आजको आवश्यकता भएको छ उहाँले भन्नुभयो ।

 

जेनजीको आन्दोलन र उनीहरूको मुद्दा सही भएको  कुरामा जोडदिँदै अबको निकास नेपाली विशेषताको समाजवाद भएको इञ्चार्ज सन्तोष सीले बताउनुभयो । यो संसदीय व्यवस्थामा विभिन्न खालका संकटहरु आइरहने हुँदा त्यसको उत्तम विकल्प भनेकै नेपाली विशेषताको समाजवाद भएको र त्यसका लागि आफूहरू   सबै कम्युनिस्ट र देशभक्तहरुसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताउनुभयो । `समाजवादको  मुख्य आधार उत्पादन नै हो´ उहाँले भन्नुभयो `देशमा उत्पादन बढाउदै जाने र बाह्य आयातलाई घटाउदै लग्नुपर्छ ।आत्मनिर्भरका लागि उत्पादन र समृद्धका लागि व्यपार अनिवार्य छ ।´

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज सविन सीले जेनजी बिद्रोहहरुले दिएको म्यान्डेट अनुसार अहिले सरकारले भ्रष्टाचारीको सम्पत्ति छानबिन गर्नका लागि शक्तिलागी आयोग गठन गरेर भ्रष्टाचारविरुद्धको  काम तत्काल सुरुवात  गर्नुपर्ने  बताउनुभयो ।  त्यो कर्मचारी आयोग बनाएर हुँदैन् र त्यो कर्मकाण्डी आयोगले फेरि जनतालाई ढाट्ने कुरा हुन्छ उहाँले भन्नुभयो । नेपाली समाजमा भइरहेको वेतिथी र भ्रष्टाचारको विरुद्ध आक्रोश पैदा भइरहेको थियो र त्यो आक्रोश बिस्फोट भएको मात्र  बताउनुभयो ।

बिद्रोहले मुलत: नेपाली राजनीतिमा मौलाइरहेको भ्रष्ट संस्कृतिलाई सम्पूर्ण हिसाबले धुलिसाप  बनाइदिएको इञ्चार्ज सविनले बताउनुभयो । राजनीतिको नाउँमा सत्तामा गएर भ्रष्टाचार गरिरहेका मानिसलाई नैतिक र राजनीति रुपमा फर्किनै नसक्ने गरि बिद्रोह भुँँइमा झारिदिएको उहाँको जोड  थियो । अब  नेपालको राजनीतिलाई पुनर्गठन गर्नुपर्ने बेला आएको छ ।   वैदेशिक हस्तक्षेप भएमा नेपालमा नयाँ क्रान्ति हुन्छ र हामी क्रान्ति गर्न तयार छौं उहाँले भन्नुभयो ।

प्रेस सेनानी सुशील गौतमले जेनजी बिद्रोह नेपालको भुकम्प भएको बताउनुभयो । नेपालमा व्याप्त वेतिथी र भ्रष्टाचारको विरुद्धको जेनजीको बिद्रोह भएको बताउनुभयो । सत्ता र शक्ति रहेकाले चरम दुरुपयोगका कारण नेपालमा जेनजीको बिद्रोह जन्म भएको र सत्ता र शक्तिमा बढ्ने पात्रहरूको प्रवृत्ति नरोकिए फेरि बिद्रोह हुने उहाँले बताउनुभयो । जेनजीको आन्दोलनमा हत्या गर्नेलाई कानुनी कारबाही ल्याउनुपर्ने र नेपालमा व्याप्त भ्रष्टाचार रहेको हुँदा भ्रष्टाचार गर्नेलाई शक्तिशाली आयोग बनाएर कारबाहीको दायरा ल्याउनु पर्ने समेत उहाँको जोड थियो ।

नागरिक समाज दाङका पूर्व संयोजक चन्द्रराज पन्तले जेनजी बिद्रोह, नयाँ परिस्थिति र निकास विषयक सर्वपक्षीय अन्तरक्रिया कार्यक्रमले नागरिकको मनोबल बनाउने र यस्ता बहस र छलफल अझै धेरै हुनुपर्ने बताउनुभयो । उहाँले नेपाली कंग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) अकर्मण्यताका कारणले जेनजीको बिद्रोहले यो परिस्थिति ल्याएको बताउनुभयो । अब नेपालमा निर्वाचनको विकल्प नभएको र अब निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी पनि जानुपर्ने उहाँको सुझाव थियो ।

बुद्धिजीवी रामप्रसाद जैसीले नेपालमा गर्नुपर्ने  काम नगरेकै कारण आज यो परिस्थिति सिर्जना भएको बताउनुभयो । उहाँले भ्रष्टाचार गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले नेपालमा जेनजीको आन्दोलन विभिन्न उद्देश्य राखेर सुरु भएको बताउनुभयो । उहाँले  जेनजी आन्दोलनमा कसैले नजितेर सबैले हारेको कुरामा जोडदिँदै देश शून्यता गएको हुँदा अब सबै राजनीति दलहरू एक ठाउँमा उभिएर नयाँ योजनासाथ अगाडि बढ्नुपर्ने बताउनुभयो । नेपालको यो करमुखी योजनाले देश समृद्ध र विकसित हुन हुन नसक्ने भएको राष्ट्रिय पूँजी संकलन गर्नुपर्ने  र त्यसका लागि उत्पादनमुखी अर्थतन्त्र नीतिपर्ने उहाँको भनाइ थियो । नेकपा आज गरेको कार्यक्रम महत्त्वपूर्ण रहेको र आगामी दिनमा पनि समाजका नागरिकलाई सचेत गराउन यस्ता बहस र छलफल हुनेपर्ने बताउनुभयो ।

बुद्धिजीवी वसन्त प्रसाद रिजालले अहिले घर, परिवार र समाजबाटै बिद्रोह सुरु भइरहेको बताउनुभयो । उहाँले अहिलेका पुस्ताको मनोविज्ञानिक, भावना, संस्कार र समाजलाई बुझ्न् नसक्दा नै नेपालमा जेनजीको बिद्रोह भएको बताउनुभयो । अहिले मिश्रित समाजमा विचार, संस्कार र मनोविज्ञान बुझेर अब नयाँ सोचका साथ सबै राजनीतिक दलहरू अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो  ।

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले  जेनजीको आन्दोलनले सबै पार्टीभित्रका सबै सच्चिएर अगाडि बढ्नुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो । उहाँले भ्रष्टाचार पार्टीभित्र मात्र नभएर भ्रष्टाचार कर्मचारीलगायत सबै क्षेत्रमा पनि हुने गरेको बताउनुभयो । देशलाई भ्रष्टाचार मुक्त गर्नका लागि सबै राजनीति दलहरु एक भएर अगाडि बढ्नु उहाँको भनाइ थियो ।

प्रतिरोध अभियानका संयोजक प्रमोद धितालले  नेपालमा जेनजीको बिद्रोह कुनै  स्वार्थका लागि नभएको बताउनुभयो । उहाँले जेनजीको बिद्रोहलाई अहिले अपरधिकारण गर्ने काम भइरहेको  छ, त्यो गलत कार्य भएको र जेनजीको बिद्रोहको दोष पनि सरकारका शासकहरुले लिनुपर्ने बताउनुभयो ।

नेकपा निकट युवा संगठन नेपालका दाङ जिल्ला इञ्चार्ज पदम सीले जेनजी भनेको एउटा उमेर समूह भएको र यसले नेपालमा स्थिर सरकार र भ्रष्टाचारको मुद्दा लिएर आन्दोलन सुरुभएको बताउनुभयो । उहाँले जेनजीको बिद्रोहले सत्ता नभएर केही पात्र परिवर्तन गर्ने खेल  चलेको र सत्ता र प्रणाली पुरानै रहेकोे बताउनुभयो । अहिले सुशील कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले जेनजीको बिद्रोहलाई अपमान गर्ने काम भइरहेको हुँदा जेनजीको सुरक्षाका लागि आफ्नो पार्टी र युवा संगठन सदैव अग्रपंक्तिमा रहेर अगाडि बढ्ने उहाँको भनाइ थियो ।

नेकपा निकट अखिल (समाजवदी) दाङका इञ्चार्ज खुमन सीले पछिल्लो समय जेनजीको बिद्रोहले नेपालमा नयाँ बहसको सुरु गरेको बताउनुभयो । उहाँले जेनजीको बिद्रोह हुनुको मुख्य कारण सरकारले सामाजिक सञ्जाल बन्द गर्नु भएको  बताउनुभयो । अब नेपालमा जेनजीको भावना अनुरुप यहाँका संघसंस्थालगायतले बहस चलाएर अगाडि बढ्नुपर्ने उहाँको जोड थियो ।

जेनजीको तर्फबाट चुडामणि केसीले नेपालमा राजनीति दल र सरकार अकर्मण्यताको कारणले नयाँ युवा पुस्ताको आन्दोलन सुरुभएको बताउनुभयो । अहिले फरक मोडमा आएको भन्दै विगतमा थुप्रै आन्दोलन पनि ती सबै आन्दोलन सम्झौतामा पुगेको देखिन्छ  तर जेनजीको बिद्रोहले नेपालको सत्ता नै कब्जा गरेको दाबी उहाँको थियो ।

जेनजीको तर्फबाट  टार्जन भण्डारीले सरकारले गरेको भष्ट्रचारी र अत्याचारको विरुद्ध जेनजीको बिद्रोह भएको बताउनुभयो  । उहाँको नेपालमा हरेक १०/१० वर्ष विभिन्न खालका आन्दोलनहरु हुँदै आएको भएतापनि अहिलेसम्म युवा पुस्ताको हितमा नभएको र देश व्याप्त बिकृती र विसंगतिको विरुद्धमा जेनजीको आन्दोलन सुरु भएको बताउनुभयो । देश बचाउनका लागि राष्ट्रिय एकता विकल्प नभएको समेत उहाँको जोड थियो ।

कार्यक्रममा बुद्धिजीवी, नागरिक नागरिक समाज, विभिन्न संघसंस्था, जेनजीलगायत पार्टीका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पार्टीका  घोराही नगर कमिटीका सेक्रेटरी महान सीले गर्नुभएको थियो ।

Facebook Comments