घोराही । नेपाल कम्युनिस्ट पार्टी घोराही नगरको चौंथो बैठक सम्पन्न भएको छ । नगर कमिटीको आयोजना सोमबार घोराही चौंथो बैठक सम्पन्न भएको हो ।
बैठकले पछिल्लो घटना क्रमलाई मध्यनजर गर्दै घोराहीमा जेनजी बिद्रोह, नयाँ परिस्थिति र निकास विषयक अन्तरक्रिया कार्यक्रम निर्णय गरेको छ ।
पार्टीका घोराही नगरका सेक्रेटरी महान सीको अध्यक्ष एवं पार्टीका स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेशका इञ्चार्ज सन्तोष सीको प्रमुख आतिथ्यतामा भएको बैठकले यही असोज ९ गते घोराहीको नेपाल पत्रकार महासंघको सभाहलमा जेनजी बिद्रोह, नयाँ परिस्थिति र निकास विषयक अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको हो ।
पार्टीका स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेशका इञ्चार्ज सन्तोष सीले पार्टीको स्थायी समितिको बैठकले यही असोज ६-१२ गतेसम्म देशभर जिल्ला र पालिकासम्म अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय भएको बताउनुभयो । उहाँले जेनजी आन्दोलनमा भएको परिस्थितिलाई मध्यनजर गर्दै पार्टीको स्थायी समितिले देशभर सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम गर्ने अभियानलाई अगाडि बढाइएको जानकारी दिनुभयो ।
बैठकमा मन्तव्य राख्दै इञ्चार्ज सन्तोष सीले ६ -१२ गतेसम्म व्यापक सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम गर्ने र त्यो अन्तरक्रिया कार्यक्रमबाट आएका सल्लाह र सुझावलाई ग्रहण गर्दै पार्टीको हेडक्वाटरसम्म लग्ने बताउनुभयो । देशभरबाट प्राप्त भएका सुझावलाई आत्मसात गर्दै पार्टीले आगामी केन्द्रीय समितिको बैठकबाट थप नयाँ कार्यनीति ल्याइने उहाँको भनाइ थियो ।
पार्टीका दाङ जिल्ला इञ्चार्ज सविन सीले जेएजी आन्दोलनले पुराना संसदवादी पार्टी नैतिक र राजनीति रुपमा पराजित भएको बताउनुभयो । उहाँले नेपालमा बिद्रोह र क्रान्ति सम्भव छैन् भन्ने कुरा जेएजीको प्रदर्सनले प्रष्ट पारेको समेत बताउनुभयो । हाम्रो पार्टी र नेता पुराना राजनीति पार्टीमध्ये शीर्ष स्थानमा रहेको छ, उहाँले भन्नुभयो । पछिल्लो समयमा जनताले नेपाल कम्युनिस्ट पार्टी खोजेको र जनतामाझ पार्टी नेताकार्यकर्ता पुग्न नसकेको भन्दै अब सबै नेताकार्यकर्ताहरु जनता समक्ष पुग्नुपर्ने उहाँको भनाइ थियो ।
नगर इञ्चार्ज पाटन सीले पार्टीको स्थायी समितिको बैठक लिएको निर्णय अनुसार ६ गतेदेखि ११ गतेसम्म देशभर अन्तरक्रिया कार्यक्रम गर्ने र नेताहरुको जिम्मेवारी बाँडफाँडलगायतको विषयमा जानकारी गराउनुभएको थियो ।
बैठकमा पार्टीका जिल्ला सदस्य तीलक सी, युवा संगठन नेपाल दाङ जिल्लाका इञ्चार्ज पदम सी, अखिल (समाजवादी)का दाङ जिल्ला इञ्चार्ज खुमन सी, दीपक, सी, नवीन सीलगायतले जेनजी आन्दोलन र वर्तमान परिस्थितिलगायतको बारेमा आ-आफ्नो धारणा राख्दै पार्टीले अब गर्नुपर्ने कामकारबाहीको बारेमा सल्लाह र सुझाव दिनुभएको थियो ।
बैठकको अध्यक्षता तथा सञ्चालन पार्टी नगरका इञ्चार्ज महान सीले गर्नुभएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
