• २८ कार्तिक २०८२, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
संविधान दिवस: गोरखा मावि घोराहीमा निबन्ध प्रतियोगिता




दाङ: राष्ट्रिय संविधान दिवसको अवसरमा घोराहीस्थित गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुले निबन्ध प्रतियोगिता सम्पन्न गरेको छ। “वर्तमान समयमा संविधानको महत्त्व” विषयमा आयोजित प्रतियोगितामा कक्षा ११ र १२ का दुई सय पचासभन्दा बढी विद्यार्थीहरूले सहभागिता जनाएका थिए।

प्रतियोगितामा कक्षा १२ की छात्रा खम्बु डाँगी प्रथम, अमिशा खत्री द्वितीय र कक्षा ११ की छात्रा नविना घर्ती मगर तृतीय स्थान हासिल गरे।

विद्यालयका व्यवस्थापन संयोजक एम.बी. केसीको संयोजनमा सम्पन्न कार्यक्रममा निर्णायकको भूमिकामा नेपाली शिक्षक डा. टीकाराम उदासी, एच.एन. पाण्डे र यम रेग्मी रहनुभएको थियो।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल मानसिंह घर्तीले संविधानको महत्वबारे प्रकाश पार्दै भन्नुभयो, “संविधानको महत्त्व सधैं रहन्छ। वर्तमान परिवेशमा त यसको भूमिका झन् महत्त्वपूर्ण बनेको छ। संविधान सबैले मान्नुपर्ने मुलुकको सर्वोच्च कानुन हो। यसमा विद्यार्थीलगायत सबै नागरिकका हकहितका कुरा समेटिएका छन्। विद्यार्थीलाई संविधान बुझाउन सकियो भने उनीहरू असल नागरिक बन्न सक्छन्। के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने कुरामा उनीहरू प्रष्ट हुन्छन्।”

कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको विद्यालयले जनाएको छ।

Facebook Comments