• २२ मंसिर २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
शर्माको बीसौँ कृति प्रकाशन




दाङ: साहित्यकार पद्मप्रसाद शर्माको बीसौँ कृति चेष्टा कथा सङ्ग्रह घोराहीमा एक कार्यक्रमका बीच भव्य रूपमा विमोचन तथा गुरु सम्मान गरिएको छ। नेपाल निवृत्त शिक्षक समाज घोराही नगर समितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

नगर समितिका अध्यक्ष वलदेव अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल निवृत्त शिक्षक समाज दाङका अध्यक्ष गोविन्द पौडेल प्रमुख अतिथि हुनुहुन्थ्यो। प्रमुख अतिथि पौडेलले शर्मा लामो समय शिक्षकको भूमिकामा रहे पनि साहित्यमा महत्त्वपूर्ण योगदान दिएको उल्लेख गर्नुभयो। उहाँले निवृत्त जीवन पनि सक्रिय बनाउनुपर्नेमा जोड दिनुभयो।

विशिष्ट अतिथि पूर्वशिक्षक एवम् साहित्यकार विनोद पोखरेलले आफ्ना शिष्य शर्माले गरेको योगदान र सक्रियताप्रति प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तर रचनात्मक हुने विश्वास व्यक्त गर्नुभयो। विशिष्ट अतिथि मावि रझेनाका प्रधानाध्यापक उद्धव न्यौपानेले पुस्तकमा रहेको वंशावलीले आफन्त चिन्ने अवसर प्रदान गर्ने बताउनुभयो।

राप्ती साहित्य परिषद् दाङका अध्यक्ष यम रेग्मीले पुस्तकको समीक्षा गर्दै भन्नुभयो, “शर्माका कथाहरू सुन्दर छन्। समाजको यथार्थ चित्रण गरेका छन्। न्यायको पक्षमा उभिएका छन्। महिला अधिकारका कुरा समेटिएका छन्। बालबालिकाका हकहितमा ४२ वटा कथामा ४२ वटा विषयवस्तु समेटिएका छन्।” उहाँले शर्माको साहित्यिक योगदानसँगै समाजसेवाको पनि खुलेर प्रशंसा गर्नुभयो।

राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष कमलमणि देवकोटा, पत्रकार रञ्जिता अधिकारी, लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्यौपाने, नेपाल निवृत्त शिक्षक समाज दाङका सचिव दामोदर पाण्डे लगायतले साहित्यकार शर्माले गरेका सामाजिक र साहित्यिक योगदानबारे प्रकाश पार्नुभयो।

लेखक पद्मप्रसाद शर्माले धन्यवादसहित मन्तव्य राख्नुभएको थियो।
कार्यक्रम उपाध्यक्ष नुमाकान्त न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भई नगर समिति सदस्य कमलराज पोखरेलले सञ्चालन गर्नुभएको थियो।

Facebook Comments