तुलबहादुर कवँर मगर
दाङ, २ असोज। संविधान दिवस–२०८२ को अवसरमा राप्ती गाउँपालिकाले बिहीबार कार्यालय परिसर सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।
गाउँपालिका, वडा कार्यालय तथा विभिन्न स्वास्थ्य संस्था परिसरमा सरसफाई गरिएको हो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठक, विभिन्न शाखाका शाखा प्रमुख तथा कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
यस अवसरमा संविधान दिवसलाई ऐतिहासिक दिनका रूपमा स्मरण गर्दै लोकतान्त्रिक संविधानप्रति सम्मान र ऐक्यबद्धताको सन्देश प्रवाह गरिएको गाउँपालिकाले जनाएको छ।
त्यस्तै, बेलुका कार्यालयमा दीप प्रज्वलन कार्यक्रमसमेत गरिने बताइएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
