दाङ। भोलि असोज ३ गते देशभर संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाइँदै छ।
यसै क्रममा घोराहीस्थित गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुलमा पनि संविधान दिवस मनाइने भएको छ। विद्यालयका व्यवस्थापन संयोजक एमबी केसीका अनुसार असोज ३ गतेको अवसरमा नेपाली विषय शिक्षक यम रेग्मीको संयोजकत्वमा कक्षा ११ र १२ व्यवस्थापन समूहका विद्यार्थीबीच “वर्तमान समयमा संविधानको महत्त्व” विषयक निबन्ध प्रतियोगिता आयोजना गरिनेछ।
कार्यक्रम विद्यालयमै सम्पन्न हुनेछ। २०७२ साल असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान पहिलो पटक जारी गरिएको थियो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
