• ३० कार्तिक २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
जेन-जी आन्दोलनका सहिदहरूको स्मृतिमा माओवादी केन्द्रद्वारा श्रद्धाञ्जली




कमिरेचौर । नेकपा (माओवादी केन्द्र) बंगलाचुलीले जेन-जी आन्दोलनका सहिदहरूको स्मृतिमा श्रद्धाञ्जली अर्पण गरेको छ। पार्टीले घाइतेहरूको पूर्ण स्वास्थ्यलाभको कामना गर्दै आन्दोलनबाट प्राप्त उपलब्धि सुरक्षित राख्दै थप उपलब्धि हासिल गर्न तयार रहेको जनाएको छ।

माओवादी केन्द्र बंगलाचुलीको गाउँपार्टी कमिटीको आजको बैठक अध्यक्ष सविराम कामीको अध्यक्षतामा, लुम्बिनी प्रदेश सचिवालय सदस्य एवं गाउँपालिका अध्यक्ष तुलसीराम पुन मगरको प्रमुख आतिथ्यता तथा जिल्ला सचिव विश्वराज आचार्यको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो।

बैठकले देशको वर्तमान परिस्थिति अन्योलपूर्ण रहेको भन्दै धैर्य र संयमताका साथ सामाजिक सद्भाव र एकता कायम गर्न र पार्टीका सबै निकायहरूले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न अपिल गरेको छ। बैठकले गाउँपालिकाका सबै वडा कमिटीका अगुवा कार्यकर्ताहरूको बैठक तथा अन्तरक्रिया कार्यक्रम राख्ने निर्णय पनि गरेको छ।

बैठकमा जेन-जी आन्दोलनमा सहादत प्राप्त सहिदहरूको तस्विरमा माल्यार्पण र अविर लगाएर सम्मान तथा श्रद्धाञ्जली अर्पण गरिएको थियो। सो अवसरमा लुम्बिनी प्रदेश परिषद सदस्य शोभाराज विश्वकर्मा, रमा कुमारी पुन, नारायण डाँगी, गाउँ पार्टी इन्चार्ज चुरामणी नेपाली, र अन्य पदाधिकारी तथा सदस्यहरूले मन्तव्य दिएका थिए। बैठकको सञ्चालन पार्टीका सचिव गोपिराम थापाले गर्नुभएको थियो।

Facebook Comments