• ४ फाल्गुन २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्ती प्रतिष्ठानद्वारा सामुदायिक विद्यालयहरुमा दन्त शिबिर सञ्चालन




दाङ । दाङको घोराही स्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले घोराहीका विभिन्न सामुदायिक विद्यालयहरुमा दन्त शिबिर सुरु गरेको छ ।

यसैक्रममा प्रतिष्ठानले सोमबार माबि रझेना बिद्यालयमा एक दिने निशुल्क दन्त शिबिर सम्पन्न गरेको छ । शिबिरमा बिद्यालयमा अध्ययनरत नर्सरिदेखि कक्षा २ सम्मका विद्यार्थीहरुको दातहरुको दन्त रोग विशेषज्ञ चिकित्सकहरुबाट चेकजाँच गरिएको थियो ।

शिबिरमा २ सय ५० जना विद्यार्थीहरु लाभान्बित भएका थिए । सो अवसरमा दन्त रोग विशेषज्ञ चिकित्सकहरुले विद्यार्थी, शिक्षक, कर्मचारी सबैलाई एकै ठाउँमा राखेर मुख स्वास्थ्य सम्बन्धि प्रशिक्षण समेत दिईएको थियो ।

प्रतिष्ठानका दन्त रोग विशेषज्ञहरु डा. लोचना आचार्य,डा. आश्मा ओझा, डा. शुभेक्षा पाण्डे, डा. करिश्मा भण्डारी, डा. आयुष गौतम र कार्यालय सहयोगि पुनम चौधरीको टाेलिले बालबालिकाको दातको परिक्षण गरिएको थियो । यसअघि प्रतिष्ठानको दन्त बिभागले घोराही १८ स्थित श्री आधारभुत बिद्यालय गिठेपानिमा दन्त शिबिर चलाएको थियो ।

शिबिरमा अभिभाबक, बिद्यार्थी, शिक्षक, कर्मचारी गरेर ३ सय ६ जनाले सेवा लिएका थिए । डा. लोचनाले हरेक महिनाको अन्तिमतिर सामुदायिक विद्यालयमा दन्त शिबिर सन्चालन गर्ने योजना रहेको र साना बालबालिकालाई दात कसरी माझ्ने बारे जनचेतना जगाईने बताइन् ।

Facebook Comments