
सौगात आचार्य
संसद पनि विघटन पो भएछ,
के गर्ने होला,
कसलाई सोध्ने होला ?
मनले भन्यो –
“मलाई सोध न मुला !”
कुन मनलाई सोध्नु फेरि,
मनहरू त कति छन्, कति !
एउटा मनलाई सोधेँ,
उत्तर आयो –
“अलिकति गलत पो भयो कि !”
अर्को मनलाई सोधेँ,
उसले त हकार्दै भन्यो –
“तँ पागल !
तेरो अध्यक्ष प्रधानमन्त्री हुँदा
के भनेका थिए, भुलिस ?
भुलक्कड साला !
देशमा भ्रष्टाचार र बेथितिले सीमा नाघ्यो,
छानबिन गरौं !
बरु मबाट छानबिन गरौं भनेका थिए,
हो, उहाँलाई त्यही सदनले गलहत्याएको बिर्सिस ?”
म झल्यास्स भएँ,
म त खरानीको थुप्रोमा पो रहेछु ।
जर्याक–जुरुक उठेँ,
राख टकटक्याएँ,
अनि लागेँ सुनौलो भविष्यतिर !

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
