श्रवण कुमार यादव
देउखुरी। लमही नगरपालिका–४ बड्का घुम्ना निवासी अन्दाजी ५५ वर्षीय इस्वर चौधरी बिहीबार बेलुका राप्ती नदीमा खसेर बेपत्ता भएका छन्।
घटनाबारे जानकारी दिँदै सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ हेडक्वार्टर अर्जुनखोलाका प्रमुख अर्जुन खत्रीले चौधरीको खोजी कार्य जारी रहेको बताउनुभयो। उहाँका अनुसार तालिम प्राप्त उद्धार टोली खटाइएको छ र अहिले पनि नदीमा व्यापक रूपमा खोजी भइरहेको छ।
स्थानीयवासीका अनुसार चौधरी बिहिवार बेलुकी ६ बजे पारीबाट वारि घर आउँदै थिए । लमही-कोईलावास सडकखण्डको बलरामपुर पुल आसपास नदिको डिलबाट उनी राप्ती नदीमा खसेको अनुमान गरिएको छ।
घटनापछि परिवारजन र स्थानीयवासी आत्तिएका छन् भने उद्धार टोलीले चौधरीलाई सकेसम्म चाँडै फेला पार्ने प्रयास भइरहेको जनाएको छ। भेटाउनु हुने जो कोहीले प्रहरीलाई खबर गरिदिनु हुन पारिवारीक स्रोतले अनुरोध गरेको छन् ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
