• १० माघ २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बाँके बाल सुधार गृहमा झडप : पाँचको मृत्यु, दुई घाइते




बाँकेको बैजनाथ गाउँपालिका–१ नौबस्तास्थित बाल सुधार गृहमा भएको झडपमा पाँच जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

सुरक्षा स्रोतका अनुसार मृतकमध्ये दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगर रहेका छन्।

भेरी अस्पतालका एक डाक्टरका अनुसार उनीहरुलाई अस्पताल पुर्याउनुभन्दा पहिला नै मृत्यु भइसकेकाे थियाे। गएराति सुधार गृहभित्र कैदीबन्दीबीच झडप भएपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले समेत प्रयास गरेको थियो। घटनामा घाइते भएकाहरूलाई नेपालगञ्जस्थित भेरी अस्पताल ल्याइएको थियो।

घटनापछि बाल सुधारगृह र भेरी अस्पताल परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

Facebook Comments