• ६ माघ २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
जेनजी आन्दोलनमा ३४७ घाइतेः कुन अस्पतालमा कति जना ?




सोमबार भएको जेन-जी प्रदर्शनमा ३४७ जना घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारी र निजी गरी ११ अस्पतालमा उनीहरूको उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा बढी निजामती कर्मचारी (सिभिल) अस्पतालमा १ सय जना घाइतेहरूको उपचार भइरहेको छ। अस्पतालले १५ जना घाइतेलाई वीर र ट्रमा अस्पतालमा रिफर गरेको थियो। सिभिल अस्पतालमा ३ जनाको मृत्यु भएको छ।

ट्रमा सेन्टरमा ५९ जनाको उपचार भइरहेको छ। मन्त्रालयले ट्रमा सेन्टरलाई विपद् योजना बनाएर आकस्मिक बिरामीलाई हेर्न निर्देशन दिएको छ। ट्रमामा ८ जनाले ज्यान गुमाएका छन् ।

वीर अस्पतालमा ६ जना घाइतेहरूको उपचार भइरहेको छ। एभरेस्ट अस्पतालमा १०२ जनाको उपचार भइरहेको छ । अस्पतालमा ७ जना गम्भीर घाइते छन्। मन्त्रालयका अनुसार एभरेस्ट अस्पतालमा ३ जना घाइतेको मृत्यु भएको छ । पाटन अस्पतालमा ४ जना गम्भीर घाइते छन् ।

काठमाडौं मेडिकल कलेज (केएमसी)मा ३७ जनाको उपचार भइरहेको छ । केएमसी अस्पतालमा उपचाररत ६ जना शल्यक्रिया गर्नुपर्ने गम्भीर बिरामी छन् । त्रिवि शिक्षण अस्पतालमा १८ जना घाइतेको उपचार हुँदै छ । नर्भिक अस्पतालमा ३ जना घाइते उपचाररत छन् ।

पोखराको गण्डकी मेडिकल कलेजमा १ जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना घाइतेको उपचार भइरहेको छ । झापाको दमक अस्पतालमा ७ जना घाइतेको उपचार भइरहेको छ । विराटनगरकफ विराट मेडिकल कलेजमा ४ जनाको उपचार भइरहेको छ ।

Facebook Comments