• ४ फाल्गुन २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
गिरिराज शर्माको प्रथम स्मृति दिवस: स्मृति ग्रन्थ विमोचन




दाङ। दाङका वरिष्ठ साहित्यकार गिरीराज शर्माको प्रथम स्मृति दिवस तथा स्मृति ग्रन्थ विमोचन सम्पन्न भएको छ।

जेठी छोरी आशा शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवं पत्रकार नारायणप्रसाद शर्माले स्मृति ग्रन्थ विमोचन गर्नुभयो। उहाँले गिरीराज शर्माको साहित्यिक योगदानको स्मरण गर्दै भन्नुभयो, “गिरीराज शर्माले प्रगतिशील साहित्यको माध्यमबाट समाजमा जागरण र रुपान्तरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको छ। उहाँका कृतिहरू नेपाली साहित्यको अमूल्य सम्पत्ति हुन्। पुरानो पुस्ताको योगदानलाई सम्मान गर्दै नयाँ पुस्ताले समाज रुपान्तरणलाई अझै अघि बढाउनुपर्छ।”

कार्यक्रममा नेकपा माओवादी केन्द्र दाङका इन्चार्ज निर्मल आचार्य, सर्वोदय पुस्तकालयका अध्यक्ष सुशील गौतम, नागरिक समाज दाङका संयोजक निमबहादुर थापा, राप्ती साहित्य परिषद्का पूर्वअध्यक्ष पुरुषोत्तम खनाल, ज्वाइँ बिष्णु खनाल, मावि चौघेराका प्रधानाध्यापक श्यामलाल मल्ललगायतले श्रद्धाञ्जली मन्तव्य व्यक्त गरेका थिए।

स्मृति ग्रन्थका बारेमा सम्पादन समिति सदस्य डा. टीकाराम उदासीले जानकारी गराउनुभयो भने अन्त्यमा छोरी एवं पूर्वमन्त्री रेखा शर्माले धन्यवाद मन्तव्य व्यक्त गर्नुभयो।

कार्यक्रमको सञ्चालन साहित्यकार रामप्रसाद जैसीले गर्नुभएको थियो।

Facebook Comments