• २९ पुष २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्ती समाज दक्षिण कोरियाको अध्यक्षमा किशन ओली चयन




चन्द्रप्रकाश नेपाली
सियोल । राप्ती समाज दक्षिण कोरियाको सातौँ अधिवेशन आइतबार सम्पन्न भएको छ। अधिवेशनले आगामी कार्यकालका लागि किशन ओलीलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको छ।

नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा डी.बी. मगर, उपाध्यक्षमा गोकर्ण रेग्मी, रामेश्वर बुढामगर र वर्षा भण्डारी, महासचिवमा अर्जुन के.सी., सचिवमा देव के.सी. र ओमप्रकाश पुनमगर, कोषाध्यक्षमा प्रकाश चन्द्र घर्तीमगर र सह–कोषाध्यक्षमा नरेश घर्तीमगर चयन भएका छन्।

युवा संयोजकमा गोपाल बुढा, महिला संयोजकमा करुणा रिजाल, र सदस्यहरूमा हुलाश के.सी., श्रीधर ढकाल, दिलबहादुर पुन, हर्कबहादुर बुढा, दिलबहादुर डाँगी, डिल्ली के.सी., भानुभक्त ओली, शिला के.सी., पुर्णिमा घर्तीमगर, निश्चल के.सी., रामप्रकाश के.सी., पिमलाल के.सी. र गिरबहादुर बुढा रहेका छन्।

जिल्ला संयोजकमा प्यूठानका प्रकाश पोखरेल, दाङका सरद पाण्डे र रोल्पाका युवराज घर्ती चयन भएका छन्।

अधिवेशनमा अमृत के.सी.को नेतृत्वमा छैठौँ कार्यसमितिले उदाहरणीय कार्यसम्पादन गरेको उल्लेख गर्दै आभार प्रकट गरिएको थियो।

Facebook Comments