• २ बैशाख २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
हिस्टुन दाङको विरोधसभा सम्पन्न




दाङ। शिक्षा विधेयकमा आफ्ना माग समावेश नभएको भन्दै माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) दाङले मोटरसाइकल र्याली तथा कोणसभा सम्पन्न गरेको छ।

शनिबार सम्पन्न कार्यक्रम हिस्टुन दाङका उपाध्यक्ष एम.बी. केसीको अध्यक्षता र हिस्टुन केन्द्रीय उपाध्यक्ष केदारराज पाठकको प्रमुख आतिथ्यमा भएको हो। कटुवा खोलाबाट सुरू भएको मोटरसाइकल र्याली ट्राफिकचोक, स्वास्थ्य विज्ञान प्रतिष्ठान, बालविकास मावि, त्रिभुवन पार्क, दामोदरचोक, न्यूरोड हुँदै शिक्षा विकास तथा समन्वय इकाइ दाङमा कोणसभामा परिणत भएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाठकले विगत दुई दशकदेखि कक्षा ११ र १२ मा अध्यापन गराइरहेका शिक्षकलाई राज्यले बेवास्ता गर्दै आएको भन्दै आफ्ना माग सुनिश्चित गर्न अझै संघर्ष गर्नुपर्ने धारणा राखे।

कोणसभाले हिस्टुन केन्द्रीय कोषलाई दश हजार रुपैयाँ सहयोग गर्ने निर्णय पनि गरेको थियो।

हिस्टुन दाङ जिल्ला कार्यसमितिको आयोजनामा सम्पन्न विरोधसभाको सहजीकरण हिस्टुन दाङका सचिव वासुदेव रिजालले गरेका थिए।

Facebook Comments