दाङ। नेकपा (एमाले) जिल्ला कमिटि सदस्य रहिसकेकी सुमित्रा राना नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेकी छन्।

बबई गाउँ कमिटिको आयोजनामा भएको पार्टी प्रवेश कार्यक्रममार्फत रानाले माओवादी केन्द्रको सदस्यता लिएकी हुन्। कार्यक्रममा प्रमुख अतिथि रहेका माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वअर्थमन्त्री धनबहादुर मास्कीले रानालाई खादा ओडाएर पार्टीमा स्वागत गरेका थिए।
अनेमसंघ उपाध्यक्षसमेत रहेकी रानालाई कार्यक्रममा पार्टी सदस्यता प्रदान गरिएको माओवादी केन्द्रले जनाएको छ।
Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।

