• २२ मंसिर २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्ती गाउँपालिका “स्वास्थ्य खबर हेल्थ अवार्ड २०८२” बाट सम्मानित




तुलबहादुर कवँर मगर
दाङ, १७ भदौ। दाङको राप्ती गाउँपालिका “स्वास्थ्य खबर हेल्थ अवार्ड २०८२” बाट सम्मानित भएको छ।

संविधानमा उल्लेखित नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको हक सुनिश्चित गर्ने दिशामा देखाएको प्रतिबद्धता र उल्लेखनीय कार्यसम्पादनका आधारमा गाउँपालिका अध्यक्ष प्रकाश विष्ट र स्वास्थ्य शाखा प्रमुख नारायण राउतलाई उक्त अवार्ड प्रदान गरिएको हो।

नेपालका ७५३ स्थानीय तहका स्वास्थ्य क्षेत्रमा सम्पादन भएका कामका सूचकहरूको तुलनात्मक विश्लेषण, समीक्षा तथा स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीबाट प्राप्त प्रतिवेदनका आधारमा राप्ती गाउँपालिकाको कार्य उत्कृष्ट ठहरिएको हो। नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले काठमाडौंमा आयोजित विशेष समारोहमा अध्यक्ष विष्ट र शाखा प्रमुख राउतलाई सम्मान गर्नुभयो।

सम्मानित भएपछि अध्यक्ष विष्टले आफू र आफ्नाे पालिका देशव्यापी रूपमा छनोट भई सम्मानित हुन पाउँदा खुशी लागेको बताउनुभयो। साथै अवार्डका लागि आयोजक संस्थाप्रति आभार व्यक्त गर्दै गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा निरन्तर खटिरहेका स्वास्थ्यकर्मी, वडा तथा गाउँपालिका कार्यालयका कर्मचारी, जनप्रतिनिधि र साझेदार संस्थाहरूप्रति धन्यवादसमेत व्यक्त गर्नुभयो।

Facebook Comments