दाङ। भिक्टोरिया कलेज घोराहीमा ब्याचलर इन होटल म्यानेजमेन्ट (BHM) अध्ययनरत विद्यार्थीहरुको प्रयोगात्मक कक्षा पत्रकारहरुले अवलोकन गरेका छन्।

नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष विपुल पोख्रेलसहितका पत्रकारहरुले उक्त कक्षा अवलोकन गरेका हुन्।
अवलोकनपछि पूर्व अध्यक्ष पोख्रेलले होटल म्यानेजमेन्ट सीपयुक्त कोर्स भएकाले यसले रोजगारी सिर्जनामा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले पर्यटन र आतिथ्य उद्योग देशको महत्वपूर्ण सम्भावना भएको क्षेत्र भएकाले यसमा दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो।

गोरखा ग्रुपद्वारा सञ्चालित भिक्टोरिया कलेज घोराहीले स्नातक तहमा होटल म्यानेजमेन्ट कक्षा सञ्चालन गर्दै आएको छ भने गोरखा मावि घोराहीले कक्षा ११ र १२ मा पनि यो कोर्स पढाउँदै आएको छ।
शिक्षाविद्हरुका अनुसार BHM अध्ययनले विद्यार्थीलाई होटल, रेस्टुरेन्ट, रिसोर्ट, एयरलाइन, क्रुज, इभेन्ट म्यानेजमेन्ट जस्ता क्षेत्रमा पेशागत अवसर दिलाउन सक्ने भएकाले यसलाई रोजगारी र आत्मनिर्भरता दुवै दृष्टिले महत्त्वपूर्ण मानिन्छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
