• २९ पुष २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
गुणस्तरहीन दूध बिक्री गर्ने नौ डेरी पसल कारबाहीमा




दाङ। घोराही उपमहानगरपालिकाले गुणस्तरहीन दूध बिक्री गर्ने नौ वटा डेरी पसललाई पाँच–पाँच हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ।

उपमहानगरपालिकाको बजार व्यवस्थापन समितिको सोमबार बसेको बैठकले घोराही वडा नम्बर १५ मा रहेका ती डेरीहरुले नेपाल सरकारले तोकेको मापदण्डअनुसार गुणस्तर नभएको दूध बिक्री गरेको पुष्टि भएपछि कारबाही गरेको हो। स्थानीय बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७८ को दफा २९(९)(ग) बमोजिमको कसुर गरेको ठहर गर्दै दफा ३० को उपदफा १९(क) अनुसार जरिवाना गरिएको उपभोक्ता हित संरक्षण शाखाका प्रमुख मोहनसिंह सुनारले जानकारी दिनुभयो।

उक्त दूधका नमुनाहरु घोराही वडा नम्बर १४ र १५ का १६ वटा पसलबाट २०८२ भदौ ५ र ६ गते संकलन गरी परीक्षण गरिएको थियो। १८ वटा नमुनामध्ये नौ वटा नमुनामा गुणस्तर नपुगेको पाइएको समितिले जनाएको छ।

बैठकले बजार अनुगमनलाई थप तीव्र बनाउन, म्याद गुज्रिएका खाद्य तथा अखाद्य वस्तु नष्ट गर्ने प्रक्रिया अघि बढाउन र पार्किङ व्यवस्थापन व्यवस्थित गर्न अन्य निर्णय समेत गरेको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अगाडि ‘नो पार्किङ’ र ‘नो हर्न’ लेखिएका बोर्डहरू राख्ने र जिल्ला प्रहरी, ट्राफिक प्रहरी र नगरको संयुक्त प्रयासमा अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्ने निर्णय गरिएको छ।

नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकमा प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, वडा नम्बर १८ का अध्यक्ष भरतमणि अर्याल, जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय, ट्राफिक प्रहरी, उद्योग वाणिज्य संघ तथा डेरी व्यवसायीका प्रतिनिधिहरू सहभागी थिए।

Facebook Comments