• २४ मंसिर २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दशै खर्च जोह गर्न भारत पुगेका सल्यानका ३ जना बाढीपहिरोमा परि बेपत्ता




नबिन पि.एम.
सल्यान । भारतको उत्तराखण्ड रुद्रप्रयाग जिल्लाको छेनागाडमा गत शुक्रबार राति आएको बाढीपहिरोमा परी सल्यानका तीन जना बेपत्ता भएका छन् ।

उकत पहिरोमा परि सल्यानको बनगाड कुपिण्डे नगरपालिका- ५ राउचेका बर्ष ६९ का भीम बहादुर बुढा वडा न.-६ कालागाउँका बर्ष ४९ का शरद आग्री र उनका छोरा बर्ष २४ का दीपक आग्री बेपत्ता भएका हुन् ।

गत ‘शुक्रबारदेखि नै बुबा र दाइ बेपत्ता भएका र अहिलेसम्म सम्पर्कमा आउन नसकेको शरदका छोरा दुर्गा आग्रीले सिस्नेअनलाइनलाई बताउनु भयो । र खोजीका लागि आफु पनि भारत लागेको साथै सबैमा खोजी र उद्धार कार्यकोलागी लागि दिन आग्रह गर्नु भएको छ । उनिहरु तीनैजना गत साउन १६ गते खेतीपाती सकेर दसैं खर्च जोहो गर्न मजदुरीका लागि रुद्रप्रयागको पूर्वी बागर छेनागाड पुगेका थिए ।

भदौ १२ गते राति छेनागाडमा भारी वर्षा भएको थियो । सो बाढीपहिरो परि त्यहाँका धेरै घरमा क्षति पुगेको र ८ जना बेपत्ता भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

उक्त पहिरोमा परी ८ जना बेपत्ता भएको जानकारी आए पनि सल्यानका कति परे भनेर अहिलेसम्म कसैले जानकारी नगराएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताउनु भयो ।

Facebook Comments