• ४ फाल्गुन २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
‘चीन र भारत प्रतिष्पर्धी होइन, साझेदार हुन्’




चिनियाँ राष्ट्रपति सी चिनफिङले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चीन र भारत प्रतिस्पर्धी होइन, सहकार्यका साझेदार हुन् भन्दै दुवै देश एक–अर्काका विकासका अवसर हुन्, खतरा होइनन् भन्ने बताएका छन्।

यस दिशामा दुवै देश दृढ रहेसम्म चीन–भारत सम्बन्ध स्थिर र दीर्घकालीन रूपमा अघि बढ्न सक्ने राष्ट्रपति सीले भनेका छन्। उनले शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलन २०२५ अघि तियानजिन बन्दरगाह सहरमा मोदीसँग भेटवार्ता गर्दै यस्तो बताएका हुन्।

राष्ट्रपति सीले चीन र भारतले राम्रा छिमेकी र एक–अर्कालाई सफल बनाउन मद्दत गर्ने साझेदार बन्नुपर्ने बताए।

यस वर्ष चीन–भारत कूटनीतिक सम्बन्ध स्थापनाको पञ्चहत्तरौँ वार्षिकोत्सव भएको प्रसङ्ग उठाउँदै राष्ट्रपति सीले दुवै देशले सम्बन्धलाई रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट हेरेर व्यवस्थापन गर्नुपर्ने बताए।

उनीहरूले रणनीतिक संवादलाई सुदृढ गरी आपसी विश्वास बढाउन, आदानप्रदान र दुवै पक्षलाई फाइदा हुने सहकार्य विस्तार गर्न, एक–अर्काका चासोको सम्बोधन गरी सौहार्दपूर्ण सहअस्तित्व खोज्न, र साझा हितको रक्षा गर्न बहुपक्षीय सहकार्य बढाउनुपर्नेमा जोड दिए।

एशियाका यी दुई छिमेकी राष्ट्रहरूले सीमा क्षेत्रमा शान्ति र स्थिरता कायम गर्न सँगै काम गर्नुपर्छ र सीमा समस्याले सम्पूर्ण चीन–भारत सम्बन्धलाई परिभाषित गर्न नहुने राष्ट्रपति सीले बताएका छन्।

Facebook Comments