दाङ। रुन्टीगढी सेवा समाज दाङले आफ्नो क्षेत्रका विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले यस वर्षको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने छात्र–छात्रालाई सम्मान गरेको छ।
समाजको अघिल्लो बैठकमा गरिएको निर्णयअनुसार आयोजित कार्यक्रममा छात्रातर्फ सिद्धार्थ एकेडेमीकी सोनिया पुरी र छात्रतर्फ दिपशिखा माध्यमिक विद्यालयका माधव डिसीलाई सम्मान गरिएको हो।
समाजका अध्यक्ष गिरीराज दसौदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रेखा वली, सचिव नरेन्द्र डिसी र कोषाध्यक्ष पहलमान थापाले विद्यार्थीको मेहनत, अभिभावक तथा शिक्षकको योगदानलाई प्रशंसा गर्दै बधाई तथा शुभकामना व्यक्त गरे। वक्ताहरूले परिश्रम र सहयोगकै आधारमा उत्कृष्ट नतिजा सम्भव हुने उल्लेख गर्दै विद्यार्थीलाई आगामी दिनमा अझ सफल बन्न प्रेरणा दिने धारणा राखे।
कार्यक्रमको सहजीकरण वरिष्ठ उपाध्यक्ष पोम बहादुर बुढाथोकिले गरेका थिए। उहाँले समाजले विद्या र ज्ञानलाई उच्च स्थान दिने परम्परा कायम राख्दै उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई निरन्तर प्रोत्साहन गर्ने प्रतिबद्धता जनाए।
समाजका पदाधिकारीहरूले शिक्षा क्षेत्रमा योगदान पु¥याउने सामुदायिक उत्तरदायित्वअनुसार यस्ता सम्मान कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिँदै विद्यार्थीलाई अझ मनोयोगका साथ अध्ययनमा लाग्न अनुरोध गरे। साथै, यस किसिमका कार्यक्रमले विद्यार्थीमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरिएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
