• १० माघ २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रेडिमेट तथा फेन्सी व्यवसायीको साधारणसभा, विभिन्न व्यक्तिलाई सम्मान




घोराही । रेडिमेट तथा फेन्सी व्यवसायी समिति घोराहीको नवौं साधारणसभा सम्पन्न भएको छ ।

समितिका अध्यक्ष निरञ्जन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष टंकसिंह बुढाथोकी, विशिष्ठ अतिथि दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेशकुमार श्रेष्ठ, गल्ला तथा किराना व्यवसायी समिति घोराहीका अध्यक्ष विनोद पाण्डे, मोबाइल तथा इलेक्ट्रोनिक्सका अध्यक्ष शालिकराम खनाल, भाँडा व्यवसायी समितिका अध्यक्ष मधु अधिकारी, राप्ती लिकर्स एसोसियसनका अध्यक्ष तेजबहादुर पौडेल (विश्व), रेडिमेट तथा फेन्सी व्यवसायी समिति घोराहीका निवर्तमान अध्यक्ष एकराज खनाल र निवर्तमान उपाध्यक्ष देवीराम न्यौपानेले शुभकामना दिनुभएको थियो ।

त्यस्तै शुभकामना दिनेहरुमा दाङ जिल्ला उद्योग वाणिज्य संघका सदस्य तथा वस्तुगत समिति परिचालन सदस्य विष्णु रिजाल, रेडिमेट तथा फेन्सी व्यवसायी समितिका सल्लाहकार माधव खनाल, नेपाल पत्रकार महासंघ दाङका निवर्तमान सचिव आरके शीतल लगायत रहनुभएको थियो ।

कार्यक्रममा एवान फेन्सी कलेक्सनका प्रोपोराइटर राजेश तामाङलाई कराँते थाइल्याण्ड ओपन च्याम्पियनशीप २०२५ उत्कृष्ट प्रदर्शन गरेवाफत सम्मान गरिएको थियो । त्यसैगरी जिएस फेन्सी स्टोर घोराहीका सञ्चालक गोकुल श्रेष्ठकी छोरी सोनम श्रेष्ठ भ्वाइस अफ किड्स सिजन ४ को सेमीफाइनल सम्म पुग्न सफल भएकोमा सम्मान गरिएको थियो ।

दाङ जिल्ला उद्योग वाणिज्य संघले स्थापना दिवसको अवसरमा सञ्चालन गरेको विभिन्न कार्यक्रममा सहभागीमध्ये हाजिरीजवाफमा तृतीय सञ्जीव श्रेष्ठ, नवीन श्रेष्ठ र राजेन्द्र श्रेष्ठ, वक्तृत्वकलामा दोस्रो हुन सफल नवीन श्रेष्ठ र फूलबल खेलमा सहभागी विभिन्न खेलाडीलाई सम्मान गरिएको थियो ।

समितिले गरेको रक्तदानमा भाग लिने १३० जना र भित्तेपात्रोका विज्ञापनदातालाई पनि सम्मान गरिएको थियो । उपाध्यक्ष हरिप्रसाद घिमिरेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सञ्चालन सचिव सञ्जीव श्रेष्ठले गर्नुभएको थियो।

Facebook Comments