सल्यान । राजधानी काठमाडौंमा सल्यान तेस्रो शृङ्खला ‘विरहि साँझ’ हुन लागेको छ ।
सल्यान कला साहित्य परिषद्को आयोजनामा
आज शनिबार दिउसो २ बजे पछि सल्यान काठमाडौंको मित्रनगर स्थित म्याग्दी रोधिघरमा सल्यान तेस्रो शृङ्खला ‘विरहि साँझ’ हुने परिषद्का संस्थापक लोकेश जलनले बताउनु भयो । परिषद्ले अघिल्ला वर्षहरुमा पहिलो र दोस्रो शृङ्खला पनि सम्पन्न गरिसकेको थियो ।
त्यसैको निरन्तरता अनुसार यो पटक तेस्रो शृङ्खला हुन लागेको हो । यो शृङ्खलामा सल्यान बनगाड कुपिण्डे नगरपालिका -३ का निरन्तर गजल लेखन गरिरहनु भएका गजलकार सुनिल राना ‘विरही’ ले आफ्नो साहित्यिक प्रस्तुति राख्ने परिषद्का अध्यक्ष भरत रोकायले बताउनु भयो । उहाँले सल्यान कला साहित्यको उत्थान’ मुल आदर्श वाक्य बोकेको जिल्लाको एकमात्र साहित्यिक संस्था यस सल्यान कला साहित्य परिषद्ले विभिन्न समय विभिन्न अवसरमा जिल्लाको र नेपाली साहित्यको उन्नयनका निम्ति जिल्ला र जिल्ला बाहिर विविध साहित्यिक पृथक गतिविधि निरन्तर गर्दै आइरहेको समेत बताउनु भयो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
