• २३ मंसिर २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
अखिल नेपाल चेस संघको अध्यक्षमा राई, महासचिवमा शेर्पाली




अखिल नेपाल चेस संघको प्रथम राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अध्यक्षमा दिपेन राईसहित नयाँ नेतृत्व चयन गरेको छ । काठमाडौंको सिनामंगलस्थित होटल रोयल एयरपोर्टमा २०८२ भाद्र १३ गते सम्पन्न अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।

अध्यक्षमा दिपेन राई निर्वाचित भएका छन् भने उपाध्यक्षमा विजयवोध लावती, कृष्ण धामि र प्रकाश परियार चयन भएका छन् । महासचिवमा अनिल शेर्पाली निर्वाचित भएका छन् ।

त्यस्तै, सचिवमा रामकुमार मादेन, श्रीकृष्ण श्रेष्ठ, नारायण विष्ट, सविना लामगादे र वर्षा राना मगर रहेका छन् । कोषाध्यक्षमा प्रकाश रोक्का निर्वाचित भएका छन् ।

सदस्यमा अञ्जु शाह, निखिल दुलाल, प्रेम सुनार, विमल मगर, प्रिया सुनार, सुरेन्द्र बुढाथोकी, दिक्षा राई, रामचन्द्र सुनुनार, गगन लावती, ओमकार केसी, अशोक गुरूङ र रबि नकर्मी चयन भएका छन् ।

यसैगरी, सल्लाहकार समितिमा बिनय थापा ‘क्षितिज’, डोल्मामाया गोले ‘ललिता’, धनराम ओली, मनोज घिमिरे र बबिदेवल पुन रहनु भएको छ ।

Facebook Comments