मुसिकोट हेरिटेज रन प्रतियोगिताको उपाधि रुकुम पश्चिमका दुर्गाबहादुर बुढाले जितेका छन्। १ घण्टा ५२ मिनेट ४७ सेकेन्डमा २८ किलोमिटर लामो दूरी पार गर्दै उनी पहिलो भएका हुन्।
राप्ती साहित्य परिषद् रुकुम पश्चिमद्वारा बिहीबार आयोजना गरिएको यस प्रतियोगितामा सहभागी २३ जना मध्ये सिस्ने–४ रुकुम पूर्वका पञ्चराम बुढाले १ घण्टा ५७ मिनेट ४६ सेकेन्डमा निर्धारित दूरी पार गर्दै दोस्रो र भुमे गाउँपालिका–३ रुकुम पूर्वका शक्तिराम रोका २ घण्टा १ मिनेट ३९ सेकेन्डमा निर्धारित दूरी पार गर्दै तेस्रो भएका छन्।
साथै रुकुम पश्चिमका भुवन केसीले २ घण्टा ६ मिनेट ३६ सेकेन्डमा र भोजपुरका विशाल तामाङले २ घण्टा १० मिनेट ३५ सेकेन्डमा निर्धारित दूरी पार गर्दै सान्त्वना स्थान हासिल गरेका छन्।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेलाई २५ हजार नगदसहित प्रमाणपत्र, दोस्रो स्थान हासिल गर्नेलाई २० हजार नगदसहित प्रमाणपत्र, तेस्रो स्थान हासिल गर्नेलाई १५ हजार नगदसहित प्रमाणपत्र, साथै सान्त्वना स्थान हासिल गर्ने २ जनालाई ५ हजार नगदसहित प्रमाणपत्र र सहभागी सबैलाई पनि १ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको आयोजक पूर्णबहादुर ओलीले बताए।
रन प्रतियोगिता रुकुम पश्चिमको मुसिकोट–५ मा अवस्थित ऐतिहासिक धार्मिक स्थल डिग्रे शाइकुमारी भगवतीको मन्दिर परिसरबाट शुरु भई जन्ती ओलप्पे लेक, जुम्ले पोखरी, ठूलो दहबाट बैरी दह हुँदै साँखबाट पुनः सोही स्थानमा आएर सम्पन्न भएको थियो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
