• २८ पुष २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सल्यानमा जिप दुर्घटना, १९ जना घाइते




नविन पि.एम.
सल्यान । सल्यानमा जिप दुर्घटना हुँदा २० जना सवारमध्ये १९ जना घाइते भएका छन्।

शारदा नगरपालिका–१२ तिमिलेबाट श्रीनगरतर्फ जाँदै गरेको लु १ ज २३६८ नम्बरको जिप वडा नं. १२ कै रेशम ज्युला नजिकैको ग्रामीण भित्री सडकमा बिहीबार बिहान सवा ११ बजे दुर्घटनामा परेको हो। दुर्घटनामा परी १९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

घाइतेमध्ये शारदा नगरपालिका–१३ की ३५ वर्षीया झुपि नेपाली, १८ वर्षीय सुमन बस्नेत, वडा नं. १२ की २१ वर्षीया सिता रावत र उहाँकी ७ वर्षीया छोरी डोल्मा रावत, ३४ वर्षीया पार्वती बुढा, शारदा नगरपालिका–१५ की २४ वर्षीया सावित्रा भण्डारी, त्रिवेणी गाउँपालिका–२ की २४ वर्षीया निर्मला गिरी, शारदा नगरपालिका–१५ की ८ वर्षीया शिरिसा भण्डारी र २३ वर्षीया दिपा रावत, शारदा नगरपालिका–१२ की २१ वर्षीया जानकी गिरी, वडा नं. १३ की २७ वर्षीया गिराराज गुरु, उहाँकी ९ वर्षीया छोरी रियाराज गुरु र ५ वर्षीया छोरी रितुराज गुरु, वडा नं. १ की २५ वर्षीया शोभा बुढाथोकी, उहाँकी ९ वर्षीया छोरी डिला बुढाथोकी र ६ वर्षीया सुमित्रा बुढाथोकी, २१ वर्षीया सम्झना थापा र उहाँकी १८ महिनाकी छोरी स्मारिका थापा तथा वडा नं. १३ का १६ वर्षीय जीवन नेपाली रहेका छन्।

घाइतेहरूको श्रीनगरस्थित कर्णाली अस्पतालसहित स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
जिप अनियन्त्रित भएर करिब ५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनुभयो।

उहाँका अनुसार घटनाको अनुसन्धान भइरहेको छ। जिप चालक शारदा नगरपालिका–६ का २३ वर्षीय सुरेश बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने गम्भीर घाइतेलाई थप उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भइरहेको छ।

Facebook Comments