दाङ। प्रमुख तीन कम्युनिस्ट पार्टीका तीन नेताहरू एकै मञ्चमा जुट्न लागेका छन्।
रुपन्देहीको बुटवलमा आयोजित एक कार्यक्रममा नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’, नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा र नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल एकै मञ्चमा जुट्न लागेका हुन्।
उनीहरूलाई एउटै मञ्चमा जुटाउने कार्य सहिद बेपत्ता स्मृति प्रतिष्ठानले गर्न लागेको हो। प्रतिष्ठानले तीन नेतालाई एकै मञ्चमा राखेर बिहीबार बुटवलस्थित एसियन होटेलमा अन्तरक्रिया गर्न लागेको हो।
वर्तमान राजनीतिक सङ्कट र निकाय विषय अन्तरक्रियाका क्रममा उनीहरूले आ–आफ्नो धारणा राख्न लागेको प्रतिष्ठानको भनाइ छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
